शीतलनिवासमा मन्त्रीहरूको शपथ सम्पन्न, बालेन नेतृत्वमा नयाँ मन्त्रिपरिषद गठन

१३ चैत | काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। रामचन्द्र पौडेल ले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन्।

यसअघि आजै बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको रूपमा शपथ लिएसँगै नयाँ मन्त्रिपरिषद गठन प्रक्रिया अघि बढेको हो। शपथ कार्यक्रममा वैदिक मन्त्रसहित बटुकबाट स्वस्तिवाचन र बौद्ध परम्पराअनुसार मंगलवाचन पनि गरिएको थियो।

नयाँ मन्त्रिपरिषदमा प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय आफैंसँग राखेका छन्। अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्ले लाई दिइएको छ भने गृह मन्त्रालय सुधन गुरुङ ले सम्हालेका छन्।

त्यसैगरी, परराष्ट्र मन्त्रालय शिशिर खनाल, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठ को जिम्मामा परेको छ।

पर्यटन मन्त्रालय खड्कराज पौडेल, शिक्षा तथा युवा–खेलकुद मन्त्रालय सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना लाई दिइएको छ।

यस्तै, सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, श्रम मन्त्रालयमा दीपक साह, कानुन मन्त्रालयमा सोविता गौतम र महिला, बालबालिका मन्त्रालयमा सीता वादी नियुक्त भएका छन्।


यो पनि पढ्नुहोस्