१३ चैत | काठमाडौं । सुनिता डंगोल ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई खादा ओढाएर बधाई व्यक्त गरेकी छन्।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर डंगोलले कालो रङको कपडाबाट बनेको खादा प्रधानमन्त्री शाहलाई लगाइदिएकी थिइन्। समारोहका क्रममा शाहले शिर निहुर्याएर खादा ग्रहण गरेका थिए।
उक्त कार्यक्रममा अर्का एक व्यक्तिले पनि उनलाई बधाई दिँदै ढाकाको खादा पहिर्याउन खोजेका थिए। तर शाहले त्यस खादा भने हातमै लिएर स्वीकार गरे, गलामा भने लगाएनन्।
निर्वाचन अभियानका बेला पनि शाहले माला र खादा नलगाउने अडान सार्वजनिक रूपमा व्यक्त गरेका थिए।

