इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरी अमेरिकी सैन्य संरचनामा निशाना लगाएको दाबी

२ वैशाख, काठमाडौं  |  मध्यपूर्वमा तनाव बढिरहेका बेला इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेर अमेरिकी सैन्य संरचनामा निशाना लगाएको दाबी सार्वजनिक भएको छ।फाइनान्सियल टाइम्सले प्रकाशित गरेको रिपोर्टमा यस्तो दाबी गरिएको हो। रिपोर्टअनुसार इरानले गोप्य रूपमा चीनबाट प्राप्त गरेको एक चिनियाँ जासुसी उपग्रह हालैको सैन्य गतिविधिमा प्रयोग गरेको बताइएको छ। चुहिएका इरानी सैन्य कागजातको हवाला दिँदै उक्त उपग्रह सन् २०२४ को अन्त्यतिर चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको र पछि इरानी सेनाले उपयोग गरेको उल्लेख गरिएको छ।उपग्रहबाट प्राप्त समय-अंकित कोअर्डिनेट, तस्बिर र कक्षीय विश्लेषणका आधारमा इरानले अमेरिकी सैन्य स्थलहरूको निगरानी गरेको दाबी गरिएको छ। ती तस्बिरहरू ड्रोन तथा मिसाइल आक्रमणअघि र पछिको अवस्थासँग सम्बन्धित रहेको रिपोर्टमा उल्लेख छ।

इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग

यस घटनाले चीनलाई कुटनीतिक रूपमा दबाबमा पार्न सक्ने विश्लेषण गरिएको छ। चीन खाडी राष्ट्रहरूको प्रमुख व्यापारिक साझेदार र तेलको ठूलो खरिदकर्ता भएकोले यस्तो आरोपले क्षेत्रीय सम्बन्धमा असर पार्न सक्ने देखिन्छ। इरानले भने Russia र चीनबाट सैन्य सहयोग प्राप्त भएको स्वीकार गरे पनि सहयोगको प्रकृतिबारे विस्तृत जानकारी दिएको छैन। यसअघि अमेरिकी विश्लेषणमा रूसले इरानलाई खुफिया सूचना उपलब्ध गराएको उल्लेख गरिएको थियो।

यसैबीच डोनाल्ड ट्रम्पले केही दिनअघि चीनलाई इरानलाई हतियार नदिन चेतावनी दिएका थिए। CNN सँगको संवादमा ट्रम्पले चीनले यस्तो कदम चाल्दा गम्भीर परिणाम हुन सक्ने बताएका थिए। अमेरिकी खुफिया स्रोतहरूलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चीनले इरानतर्फ हतियार पठाउने तयारी गरेको दाबी गरेका छन्। तर यस विषयमा आधिकारिक पुष्टि भने सार्वजनिक भएको छैन।

यो पनि पढ्नुहोस:जावलाखेल चिडियाखानाभित्रको पोखरीमा पुरुष मृत फेला, पहिचान खुल्न सकेन , दलित कोटामा ‘गैरदलित’ सिफारिस आरोप, मुद्दा सर्वोच्च अदालतमा विचाराधीनतीन दशकपछि इसराइल लेबनन वार्ता, अमेरिकामा प्रारम्भिक सहमतिआजदेखि देशभर आर्थिक गणना सुरु, ५ हजार जनशक्ति परिचालनडिजिटल नेपालको योजना सार्वजनिक, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की,  एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छआज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदानपर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्