लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ

१३ वैशाख, काठमाडौँ: नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट र नगद रु ६८ हजार २०० सहित एक जना किशोर पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो। अभियुक्तहरू शनिबार पक्राउ परेका हुन्। उनीहरूबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४१ जना पक्राउ, ट्रामाडोल, हेरोइन र नाइट्राजेपाम बरामद।

यसैगरी काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट एक र बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट तथा रु १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ। त्यस्तै इलामको सूर्योदय नगरपालिका–११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका–१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका–८ बाट दुई, भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोब्रैयाबाट दुई र सैनामैना नगरपालिका–५ बुद्धनगरबाट एक जनालाई पक्राउ गरिएको छ।

यसैगरी विराटनगर महानगरपालिका–१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका–५ शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट चार, पोखरा महानगरपालिका–५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। Image Created with The Help of AI

यो पनि पढ्नुहोस:छिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?,   युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात,  लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ,  रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी,  सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिसमिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्