पाल्पा मिसन अस्पतालकी डाक्टर हुँ भन्दै फेसबुकबाट नग्न तस्बिर माग्ने पक्राउ

१३ जेठ, काठमाडौं । पाल्पा मिसन अस्पतालकी डाक्टर र नर्स भएको नाटक गर्दै फेसबुकमार्फत बालिका तथा युवतीलाई नग्न तस्बिर पठाउन लगाएर ब्ल्याकमेल गर्ने एक पुरुष पक्राउ परेका छन्।प्रहरीका अनुसार निर्मल थापा क्षेत्री नामका ३२ वर्षीय व्यक्तिले फेसबुकमा ‘सरिता मगर’ र ‘रेजिना थापा’ नामका नक्कली आईडी बनाएर साइबर अपराध गरेका थिए। उनी अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ निवासी हुन्।

अनुसन्धान अनुसार उनले १४ वर्षकी एक बालिकालाई ‘रेजिना थापा’ नामक फेसबुक आईडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएका थिए। आफूलाई पाल्पा मिसन अस्पतालकी महिला डाक्टर भएको दाबी गर्दै उनले बालिकालाई स्वास्थ्य समस्या हुन सक्ने भन्दै डर देखाएका थिए।त्यसपछि अनलाइनमार्फत ‘फुल बडी चेकअप’ गर्नुपर्ने भन्दै उनले बालिकासँग शरीर देखिने नग्न फोटो र भिडियो मागेका थिए। विश्वासमा परेर बालिकाले फोटो पठाएपछि उनले कतार र नेपालका नम्बर प्रयोग गरेर ह्वाट्सएपमार्फत सम्पर्क गर्दै भेट्न दबाब दिएको अभियोगपत्रमा उल्लेख छ।

फेसबुकमा नक्कली महिला डाक्टर र नर्सको आईडी बनाएर बालिका तथा युवतीलाई नग्न तस्बिर माग्दै ब्ल्याकमेल गर्ने अर्घाखाँचीका ३२ वर्षीय पुरुष पक्राउ परेका छन्। उनीविरुद्ध साइबर अपराध मुद्दा दायर गरिएको छ।

प्रहरीका अनुसार उनले “रिपोर्ट राम्रो आएन” भन्दै बालिकालाई अर्घाखाँची र पाल्पाको सिमानास्थित विभिन्न स्थानमा भेट्न बोलाएका थिए। भेट्न अस्वीकार गरेपछि उनले ती तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरेको अनुसन्धानबाट खुलेको छ।

यस्तै अर्को घटनामा उनले ‘सरिता मगर’ नामक नक्कली फेसबुक आईडी प्रयोग गरी २० वर्षीया युवतीसँग आफूलाई नर्स भनेर चिनाएका थिए। भलिबल टिममा दर्ता गराइदिने बहानामा मेडिकल रिपोर्ट आवश्यक पर्ने भन्दै शरीर देखिने फोटो मागिएको थियो।युवतीले इन्कार गरेपछि उनले फेसबुकबाट फोटो डाउनलोड गरेर अन्य महिलाको नग्न शरीरमा जोड्दै अश्लील तस्बिर तयार पारी मेसेन्जरमार्फत धम्की दिएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका क्रममा कतार बसेर फर्किएका थापाले कतारी सिमकार्ड प्रयोग गरी आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए। पक्राउपछि दिएको बयानमा उनले युवतीहरूसँग कुरा गर्न नक्कली आईडी बनाएको र “पाल्पा मिसन अस्पतालको डाक्टर हुँ” भन्दै झुट बोलेको स्वीकार गरेका छन्। बुटवल ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।रूपन्देही जिल्ला अदालतमा उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ। अभियोगपत्रमा प्रयोग गरिएको मोबाइल जफत गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरिएको छ।


यो पनि पढ्नुहोस:पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु,  बागमतीको नीति तथा कार्यक्रम सुकुमवासीलाई १००० घर,  चिलीमा ६.९ म्याग्निच्युडको भूकम्प, तत्काल ठूलो क्षतिको खबर छैनखिचापोखरीबाट ६ करोड बराबरको अवैध भेप बरामद, एक जना पक्राउराष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्तावभारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब,  नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगीक्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा,  पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्धउच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्