चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा–छोराको मृत्यु

२१ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको आक्रमणमा भरतपुर महानगरपालिका–२३ बेलहट्टाका एक आमा र उनका साना छोराको ज्यान गएको छ। शनिबार राति आफ्नै घरमा रहेका बेला अचानक आएको जंगली हात्तीको आक्रमणमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको घटनास्थलमै मृत्यु भएको हो। भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष दीपक दवाडीका अनुसार हात्ती निकुञ्ज क्षेत्रबाट बस्तीमा प्रवेश गरी घरमा आक्रमण गरेको थियो। घटनापछि स्थानीयवासी, जनप्रतिनिधि, सुरक्षा निकाय र चितवन राष्ट्रिय निकुञ्ज प्रशासन घटनास्थलमा पुगेका थिए।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणमा भरतपुर–२३ बेलहट्टामा २१ वर्षीया महिला र उनका ४ वर्षीय छोराको मृत्यु भएको छ। राहत र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपाय अघि बढाइने भएको छ।

घटनापछि बसेको छलफलमा जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक कदम चाल्ने, मृतक परिवारलाई चितवन राष्ट्रिय निकुञ्जमार्फत राहत उपलब्ध गराउने तथा क्षतिग्रस्त घर पुनर्निर्माणमा सहयोग गर्ने सहमति भएको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक सुरक्षात्मक तथा व्यवस्थापकीय उपाय तत्काल अघि बढाउने निर्णय पनि गरिएको छ। स्थानीय बासिन्दाले निकुञ्ज आसपासका बस्तीमा जंगली जनावरको प्रवेश रोक्न प्रभावकारी र दीर्घकालीन सुरक्षा व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


यो पनि पढ्नुहोस:१ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ,  बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाहीपेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदमनिजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा,  साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफलगुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउमनसुनको जोखिम बढेपछि बेँसीसहर–चामे र सुन्दरबजार–भोर्लेटार सडकमा राति सवारी सञ्चालन बन्द३४ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रहयुरोपमा गर्मीको कहर, तातो लहरका कारण १,३०० भन्दा बढीको मृत्युप्रमुख चुनौती कार्यान्वयन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्