बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही

बर्डफ्लु संक्रमित

१९ असार, काठमाडौं । पशु सेवा विभागले बर्डफ्लु संक्रमित कुखुरा, हाँस, बट्टाइल तथा अन्य पन्छी बिक्री–वितरण गरे कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले संक्रमित पन्छी बजारमा बिक्री गर्नु सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले त्यस्तो कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। उनले आम नागरिकको स्वास्थ्यलाई जोखिममा नपार्न सबै व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरे।

विभागका अनुसार गत चैत यता देशका ११ जिल्लामा कुखुरा, हाँस, बट्टाइल बर्डफ्लु संक्रमित भएका छ।

भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने सम्भावना रहेकाले नियन्त्रण र रोकथामका लागि विशेष सतर्कता अपनाइएको छ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा संक्रमित पन्छी, अण्डा तथा दाना नष्ट गर्ने अभियान पनि जारी छ। हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ। विभागले मरेका कुखुरा वा संक्रमित पन्छी जथाभावी फाल्न नहुने भन्दै त्यस्ता गतिविधिबाट मानिसमा पनि संक्रमण सर्ने जोखिम रहने चेतावनी दिएको छ। त्यसैले संक्रमित पन्छी तथा पन्छीजन्य उत्पादन सुरक्षित रूपमा व्यवस्थापन गर्न सबैलाई आग्रह गरिएको छ।

प्रवक्ता उपाध्यायका अनुसार हाल बर्डफ्लुविरुद्ध पूर्ण रूपमा प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमण पुष्टि हुनेबित्तिकै पन्छी र सम्बन्धित उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो। यस्तै, प्रभावित क्षेत्रका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिको मूल्यांकन तथा विवरण संकलनको काम भइरहेको विभागले जनाएको छ।


यो पनि पढ्नुहोस:पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदम, निजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा,  साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफलगुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउमनसुनको जोखिम बढेपछि बेँसीसहर–चामे र सुन्दरबजार–भोर्लेटार सडकमा राति सवारी सञ्चालन बन्द३४ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रहयुरोपमा गर्मीको कहर, तातो लहरका कारण १,३०० भन्दा बढीको मृत्युप्रमुख चुनौती कार्यान्वयन,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

5 comments
नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, केही दिन राहदानी सेवा बन्द हुने

[…] पनि पढ्नुहोस: बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, ब…, पेट्रोलपम्प बन्द गर्नेलाई १० […]

1 करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

[…] पनि पढ्नुहोस: बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, ब…, पेट्रोलपम्प बन्द गर्नेलाई १० […]

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा–छोराको मृत्यु

[…] कारोबार गरेको आरोपमा युवक पक्राउ,  बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, ब…, पेट्रोलपम्प बन्द गर्नेलाई १० […]

आज 7 सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी

[…] कारोबार गरेको आरोपमा युवक पक्राउ,  बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, ब…, पेट्रोलपम्प बन्द गर्नेलाई १० […]

साउन 1 देखि टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै पुर्‍याइने

[…] कारोबार गरेको आरोपमा युवक पक्राउ,  बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, ब…, पेट्रोलपम्प बन्द गर्नेलाई १० […]

Founded by Ramesh Poudel