१२ साउन, भद्रपुर (झापा) । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। मृतक सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना हुन्। उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्ता, पर्साको वीरगञ्ज–१६ निवासी, सँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।
विद्यालय खुलेपछि शिक्षिकाको शव फेला | श्रीमान् सम्पर्क सम्पर्कविहीन
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विद्यालयमा साउन ५ गतेदेखि बिदा रहेको थियो। सोमबार विद्यालय सञ्चालन हुँदा दुवै शिक्षक सम्पर्कमा नआएपछि विद्यालय प्रशासनले खोजी थालेको थियो। विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो र फोन सम्पर्क पनि हुन सकेको थिएन।
श्रीमान्ले पठाए वाट्सएप सन्देश
प्रधानाध्यापक लुइँटेलका अनुसार सोमबार बेलुका करिब ४:३० बजे रतन गुप्ताले वाट्सएपमार्फत सन्देश पठाएका थिए। सन्देशमा श्रीमतीलाई कोठाभित्र झुन्डिएको अवस्थामा फेला पारेको, अर्को कोठामा सारेको र आफू डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो।
आइतबारदेखि सम्पर्कविहीन
स्थानीयवासीका अनुसार रतन गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा आएका छैनन्।
प्रहरीले अनुसन्धान सुरु गर्यो
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवालले घटनास्थलमा प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार मृत्युको कारण अझै यकिन भइसकेको छैन। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र सबै पक्षबाट अनुसन्धान अघि बढाइएको छ। साथै, सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित, दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु, पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, १०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास, ८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


















Leave a Reply