दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

अनिश्चितकालीन कर्फ्यु

११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जिल्लाका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ।

बिहान ७ बजेदेखि कर्फ्यु लागू

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पाँच बजारमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु लागू गरिएको हो। कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस तथा सभा–सम्मेलन गर्न पूर्ण रोक लगाइएको छ।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

आइतबार राति दुई समूहबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा ८ जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

यी पाँच क्षेत्रमा कर्फ्यु

प्रशासनले निम्न बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

  • हरिनगरा बजार क्षेत्र
  • भुटाहा बजार क्षेत्र
  • कप्तानगन्ज बजार क्षेत्र
  • घुस्की बजार क्षेत्र
  • देवानगञ्ज बजार क्षेत्र

प्रत्येक क्षेत्रमा पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फका सीमासमेत तोकी कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

बोलबम यात्राको तयारीका क्रममा विवाद

प्रहरीका अनुसार आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको थियो। त्यसक्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गरेपछि विवाद सुरु भएको थियो। विवाद झडपमा परिणत भई हिंसात्मक बनेपछि प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको जनाएको छ।

निषेधाज्ञासमेत जारी

घटनापछि राति सुरक्षा समितिको बैठक बसेर कर्फ्यु लागू गर्ने निर्णय गरिएको थियो। स्थानीय प्रशासनले हरिनगर गाउँपालिकादेवानगञ्ज गाउँपालिका क्षेत्रमा समेत निषेधाज्ञा जारी गरेको छ। सुरक्षा अवस्था सामान्य बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।


यो पनि पढ्नुहोस:पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद,  १०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ,  बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामाआन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीविदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता रोक्न नमिल्ने सर्वोच्चको व्याख्या–काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदैकञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, कोशी अस्पतालको सरकारी जग्गामा डोजर,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *