१० साउन, काठमाडौं । पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँप बगैँचाबाट १४० किलो गाँजा बरामद भएको छ। शनिबार राति नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गाँजा बरामद गरेको हो।
विशेष सूचनापछि संयुक्त टोलीको छापा
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बीओपीको संयुक्त टोलीले आँप बगैँचामा छापा मारेको थियो। खानतलासीका क्रममा घाँसभित्र लुकाएर राखिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धान जारी
घटनास्थलबाट ठूलो परिमाणमा गाँजा बरामद भए पनि हालसम्म कुनै पनि व्यक्ति पक्राउ परेका छैनन्। प्रहरीले गाँजा कसले लुकाएको र यसको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान जारी रहेको जनाएको छ
यो पनि पढ्नुहोस: १०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास, ८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ, बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामा, आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी, विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता रोक्न नमिल्ने सर्वोच्चको व्याख्या–, काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै, कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


















Leave a Reply