१७ साउन, काठमाडौं । काठमाडौंको गोठाटारस्थित पहेँलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानअनुसार करेन्ट सर्ट भएर आगलागी सुरु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरबाट आगो सुरु भएको थियो। आगलागी फैलिँदै जाँदा आसपासका फर्निचर, मोबाइल, हार्डवेयर, किराना, कस्मेटिक तथा अन्य व्यवसायमा समेत क्षति पुगेको हो।
९ दमकल र ३ पानी ट्याङ्कीको प्रयोग
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संयुक्त रूपमा खटिएका थिए।
- ९ वटा दमकल परिचालन
- ३ वटा पानी ट्याङ्की प्रयोग
- राति करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा
प्रहरीका अनुसार आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
आगो निभाउने क्रममा एक जना घाइते
आगो नियन्त्रण गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ निवासी ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन्। उनीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
आगलागीबाट क्षति पुगेका पसल
आगलागीबाट निम्न व्यवसायमा क्षति पुगेको प्रहरीले जनाएको छ।
- ओम काष्ठ मिल उद्योग
- रिकन्डिसन तथा हेल्मेट पसल
- बासु फर्निचर पसल
- घिसिङ अटो रिकन्डिसन
- रङ पसल
- प्रेम गौतम रिकन्डिसन
- मोबाइल पसल
- हार्डवेयर पसल
- मिठाई पसल
- चिया पसल
- हिमेश गौतमको फर्निचर पसल
- चटपटे तथा किराना पसल
- कस्मेटिक पसल
- स्टेशनरी पसल
प्रहरीले आगलागीबाट भएको कुल क्षतिको विवरण र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
यो पनि पढ्नुहोस: बागमती प्रदेश मन्त्रालय भवनका लागि ३,४८४ रुख काटिने, हेटौँडामा निर्माण प्रक्रिया अघि बढ्यो, एकै रातमा टुट्यो युरोपको सपना,फर्किए हजारौं आप्रवासी 57 जनाको मृत्यु, अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढी ठगी मुद्दा दायर, बूढानीलकण्ठको घरजग्गा कब्जाको आरोप, एक वर्षभित्र म्याद सकिने लाइसेन्स नजिकको कार्यालयबाट नवीकरण गर्न विभागको आग्रह, एनसेल र स्मार्ट टेलिकम प्रकरणमा व्यवसायी उपेन्द्र महतोसँग सीआईबीको सोधपुछ, अमेरिका र साउदीले इराकमा हवाई हमला, इरान समर्थित समूहलाई लक्ष्य बनाएको दाबी, देवानगञ्ज घटनापछि सिंहदरबारमा सर्वदलीय बैठक सुरु, शीर्ष नेताहरू सहभागी, रासायनिक मल लिन गएका दुई नेपाली भारतीय जेलमा, रिहाइमा सहजीकरण गर्न कांग्रेसको माग, झापाको बोर्डिङ स्कुलमा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन, टिकटकमा देखिएको ९ हजारको चाँदीको हार किन्न खोज्दा यसरी लुटियो ९७ हजार रुपैयाँ, युरोपमा भीषण वनडढेलो: फ्रान्स र स्पेनमा ३ लाखभन्दा बढी विस्थापित पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


















Leave a Reply