बैतडीमा हुलाकमार्फत घरमै राहदानीः तीन महिनामा १७८ जनाले पाए सेवा

नयाँ प्रणाली लागू गर्दै राहदानी विभाग, केही दिन राहदानी सेवा बन्द हुने

२३ साउन, काठमाडौं । बैतडीमा सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सञ्चालित हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी र लोकप्रिय बन्दै गएको छ। सरकारी सेवा प्रवाहलाई छिटो, छरितो र झन्झटमुक्त बनाउँदै नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यका साथ सुरु गरिएको यस अभियानबाट पछिल्लो तीन महिनाको अवधिमा बैतडीका १७८ जना स्थानीयले आफ्नै घरमा राहदानी प्राप्त गरेका छन्।

जिल्ला हुलाक कार्यालय बैतडीले राहदानी विभागबाट छापिएर आएका राहदानीहरूलाई स्थानीय हुलाक सञ्जालको प्रयोग गरी सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्‍याउँदै आएको छ। कार्यालयले पछिल्लो तीन महिनामा २४८ वटा राहदानी घरमै पुर्‍याएर वितरण गर्ने लक्ष्य लिएकोमा हालसम्म १७८ जनाले प्रत्यक्ष रूपमा यो सुविधा लिइसकेको जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो। बाँकी रहेका राहदानीहरू पनि छिट्टै सेवाग्राहीको हातमा पुर्‍याउने गरी प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो।

भौगोलिक रूपमा विकट र छरिएर रहेका बस्तीहरू भएको बैतडी जिल्लामा यसअघि राहदानी सङ्कलनका लागि नागरिकहरूले टाढा-टाढाबाट सदरमुकाम धाउनुपर्ने बाध्यता थियो। यसले गर्दा उनीहरूको समयका साथै अनावश्यक आर्थिक भार थपिने गरेको थियो। हुलाक सेवामार्फत घरमै राहदानी पुग्ने व्यवस्था भएपछि सेवाग्राहीको आर्थिक भार घट्नुका साथै सदरमुकाम आउजाउ गर्ने सास्तीबाट समेत मुक्ति मिलेको छ। विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दुर्गम भेगका बासिन्दाका लागि यो व्यवस्था अत्यन्तै राहतदायी बनेको छ।

स्थानीय तहसम्म सुशासन र प्रभावकारी नागरिक सेवा सुनिश्चित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो प्रणालीले हुलाक सेवाको औचित्य र महत्त्वलाई समेत पुनः स्थापित गरेको छ। हुलाक कार्यालयका अनुसार राहदानीको सुरक्षा र गोपनीयता कायम राख्दै सही व्यक्तिलाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। आगामी दिनमा राहदानी वितरण प्रक्रियालाई अझ बढी प्रविधिमैत्री, सहज र दु्रत बनाउँदै लैजाने लक्ष्य राखिएको छ।

यो पनि पढ्नुहोस: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबारकामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा, चालु वर्ष लाभांश दिने पहिलो बैंककर्णाली डेभलपमेन्ट बैंक घोटाला: तत्कालीन सीईओ नीरजविक्रम शाहसहित ३ जना पक्राउ, सरकारको नियतमा शङ्का छैन, तर सञ्चालनमा ढङ्ग पुगेन: रास्वपा सांसद मनिष झा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात, नेपालमा पर्यटकीय गतिविधिको विस्तार: पूर्वाधार विकास र नयाँ रणनीतिमा जोड, बङ्गलादेशतर्फ नेपालको बिजुली निर्यात सुरु: ऊर्जा क्षेत्रमा ऐतिहासिक सफलता,नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त,काठमाडौँ र कास्कीबाट लागुऔषध, चोरी र फरार मुद्दाका ८ जना पक्राउमधेस प्रदेशमा ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, साढे तीन लाख हेक्टर खेतमा हरियाली,
नागरिक अधिकार र जनसेवाका लागि सत्ता सधैँ अनिवार्य हुँदैन : गगन थापा,सुनसरीमा कार र मोटरसाइकलबाट ४ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ,बैतडीमा हुलाकमार्फत घरमै राहदानीः तीन महिनामा १७८ जनाले पाए सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *