सुनसरीमा कार र मोटरसाइकलबाट ४ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ

पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

२३ साउन, काठमाडौं । सुनसरीको बराहक्षेत्रमा ठूलो परिमाणको अवैध गाँजासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले चार क्विन्टल १८ किलो गाँजा बरामद गर्दै चार जना शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र अर्को मोटरसाइकललाई रोकेर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला परेको हो। सवारी साधनभित्र विशेष रूपमा लुकाएर ल्याइएका २२ वटा पोकामा गाँजा प्याक गरिएको भेटिएको थियो।

पक्राउ पर्नेहरूमा कार चालक धरान उपमहानगरपालिका–१३ निवासी ३४ वर्षीय थमन राईसहित अन्य तीन जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शङ्कास्पद गतिविधिको आधारमा गरिएको चेकिङका क्रममा उक्त गाँजा बरामद गरिएको हो। पक्राउ परेका चारै जनालाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पहाडी भेगमा अवैध रूपमा संकलन गरिएको गाँजालाई तराईका नाका हुँदै ओसारपसार गर्ने गिरोह सक्रिय रहेको आशङ्कामा प्रहरीले निगरानी बढाएको छ। विशेष गरी चतरा–बराहक्षेत्र सडक खण्डलाई प्रयोग गरी भइरहेको अवैध कारोबार नियन्त्रण गर्न सुनसरी प्रहरीले मुख्य राजमार्ग तथा भित्री सडकहरूमा चेकिङ र गस्ती तीव्र पारेको जनाएको छ।

यो पनि पढ्नुहोस: नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबारकामना सेवा विकास बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा, चालु वर्ष लाभांश दिने पहिलो बैंककर्णाली डेभलपमेन्ट बैंक घोटाला: तत्कालीन सीईओ नीरजविक्रम शाहसहित ३ जना पक्राउ, सरकारको नियतमा शङ्का छैन, तर सञ्चालनमा ढङ्ग पुगेन: रास्वपा सांसद मनिष झा, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात, नेपालमा पर्यटकीय गतिविधिको विस्तार: पूर्वाधार विकास र नयाँ रणनीतिमा जोड, बङ्गलादेशतर्फ नेपालको बिजुली निर्यात सुरु: ऊर्जा क्षेत्रमा ऐतिहासिक सफलता,नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त,काठमाडौँ र कास्कीबाट लागुऔषध, चोरी र फरार मुद्दाका ८ जना पक्राउमधेस प्रदेशमा ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, साढे तीन लाख हेक्टर खेतमा हरियाली,
नागरिक अधिकार र जनसेवाका लागि सत्ता सधैँ अनिवार्य हुँदैन : गगन थापा,सुनसरीमा कार र मोटरसाइकलबाट ४ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ,बैतडीमा हुलाकमार्फत घरमै राहदानीः तीन महिनामा १७८ जनाले पाए सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *