सेर बहादुर देउवाको घर ४ अर्बमा बिक्री ? बुढानिलकण्ठ जग्गा मूल्यबारे प्रश्न

२० चैत काठमाडौं । सेर बहादुर देउवाको बुढानिलकण्ठ स्थित घर ४ अर्ब १० करोड रुपैयाँमा बिक्री भएको भन्ने चर्चा सार्वजनिक भएपछि यसको वास्तविक मूल्यबारे प्रश्न उठ्न थालेको छ। स्थानीय घरजग्गा व्यवसायीहरूका अनुसार उक्त क्षेत्रमा जमिनको मूल्य अत्यधिक भए पनि यति ठूलो रकममा कारोबार हुनु अस्वाभाविक देखिएको छ। उनीहरू भन्छन्, हालको बजार मूल्य अनुसार एक आनाको मूल्य अधिकतम एक करोड रुपैयाँसम्म मान्दा पनि ६ रोपनी (९६ आना) जग्गाको कुल मूल्य करिब ९६ करोड रुपैयाँ आसपास मात्र हुन आउँछ। उक्त घर पुरानो र आंशिक रूपमा क्षतिग्रस्त अवस्थामा रहेको बताइन्छ। यस्तो अवस्थामा नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले खरिदकर्ताले अतिरिक्त लगानी गर्नुपर्ने देखिन्छ।

सेर बहादुर देउवाको घर ४ अर्बमा बिक्री ! आनाको मूल्य अधिकतम एक करोड

व्यवसायीहरूका अनुसार, “यदि जग्गाको मूल्य एक अर्ब रुपैयाँसम्म मानिए पनि बाँकी ३ अर्बभन्दा बढी रकमको आधार स्पष्ट देखिँदैन।” केहीले भने यो मूल्यमा अन्य कुनै व्यावसायिक योजना, ठूलो संरचना निर्माण, वा विशेष प्रयोजन जोडिएको हुन सक्ने अनुमान गरेका छन्। यद्यपि, यस विषयमा आधिकारिक पुष्टि भने भएको छैन। सार्वजनिक रूपमा फैलिएका यस्ता दाबीहरूबारे स्पष्ट विवरण आउन बाँकी रहेको छ।


यो पनि पढ्नुहोस्