२२ चैत काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि प्रहरीले उनको मुद्दा अघि बढाउन अलमलमा परेको छ। अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू बलेबाट बलात्कृत भएको आरोप लगाएकी थिइन्। उक्त स्ट्याटसको आधारमा प्रहरीले उनलाई चैत २२ गते नियन्त्रणमा लिएको थियो।
तर, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार पीडितको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक जाहेरी दर्ता भएको छैन। एसपी भट्टराईले भने, “संवेदनशील विषयमा प्रश्न उठेपछि पक्राउ गरिएको हो, तत्काल अनुसन्धान अघि बढाइन्छ।” जाहेरी नआउन्जेल सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनलाई थुनामा राख्ने तयारी गरिएको छ। प्रमुख जिल्ला अधिकारीले दिने म्याद अनुसार प्रहरीले अनुसन्धानको क्रममा उनलाई हिरासतमा राख्ने अधिकार प्रयोग गर्दैछ। एसपी भट्टराईले थपे, “आरोप पुष्टि नभएसम्म तत्काल थुनामुक्त गर्ने प्रक्रिया हुँदैन। अनुसन्धान जारी छ र आवश्यक कानुनी प्रक्रिया पालना गरिनेछ।”
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

