झापामा कलेज बस दुर्घटना, चार जना घाइते

२४ वैशाख, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्रहरीका अनुसार ब्याङडाँडाबाट बिर्तामोड तर्फ जाँदै गरेको इको होम कलेज को प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय झापा का प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का का अनुसार बसमा चालकसहित पाँच जना सवार थिए।

दुर्घटनामा घाइते हुनेहरू:

  • प्रकाश सिल्वाल (२४)
  • इसान पक्वाल (१८)
  • स्वभाग्य राई (१८)
  • निसब भेटवाल (१७)

घाइतेहरूको बिर्तासिटी अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरू गरेको जनाएको छ।


यो पनि पढ्नुहोस: देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ प्रक्रियामा इन्टरपोलले माग्यो थप कागजात, प्रधानन्यायाधीश नियुक्ति विवाद चुलिँदै | को बन्दैछ प्रधानन्यायाधीश ?,  पश्चिम एशिया युद्धको असर: भान्सादेखि औषधि र खानेपानीसम्म संकट३३ वर्षदेखि रोकिएको सहकारी बचत फिर्ता हुँदै: कसरी पाइन्छ रकम?,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्