काठमाडौँ । भदौ २२ गतेका घटनाको अनुसन्धानका लागि पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न अदालतमा माग गरिएको छ। उनीहरूको म्याद थपको लागि आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा निवेदन पेश गरिएको थियो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस जारी छ। स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्जमा भर्ना भएका ओलीलाई ‘भर्चुअल’ रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमा उपस्थित गराइएको थियो। सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि १० दिन थुनामा राख्ने अनुमति मागेको छ।

