१ भदौ, काठमाडौं ।
नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको असहज परिस्थितिलाई समाधान गर्न दुई दिनको अवधिमा १६ हजार ३ सयभन्दा बढी सिलिन्डर बिक्री वितरण गरेको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष समन्वय तथा स्थानीय प्रहरीको सहयोगमा उपत्यकाका तोकिएका बिक्री केन्द्रहरूबाट सर्वसाधारण तथा अतिआवश्यक क्षेत्रका उपभोक्ताहरूलाई ग्यास उपलब्ध गराइएको हो। बजारमा नियमित डिपो तथा विक्रेताहरूबाट सहज रूपमा ग्यास पाउन कठिन भएको सर्वसाधारणको गुनासो बढेपछि निगमले यो विशेष कदम चालेको हो।
निगमका अनुसार आइतबार मात्रै उपत्यकाका तोकिएका सातवटा बिक्री केन्द्रमार्फत ९ हजार ५६८ थान एलपी ग्यास सिलिन्डर वितरण गरिएको छ। विभिन्न ब्रान्डका ग्यास उद्योगका सिलिन्डरहरू सर्वसाधारण एवम् अस्पताल, क्यान्टिन जस्ता अतिआवश्यक क्षेत्रमा न्यायोचित तरिकाले पुर्याउन स्थानीय प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा खटिएका थिए। शनिबार र आइतबार गरी दुवै दिनको तथ्याङ्क जोड्दा कुल वितरण परिमाण १६ हजार ३०० नाघेको छ।
केही समयदेखि काठमाडौँ उपत्यकामा ग्यासको आपूर्ति प्रणालीमा समस्या आउँदा उपभोक्ताहरूले डिपोहरूमा लामो समय लाइन बस्नुपर्ने सास्ती व्यहोर्दै आएका थिए। विक्रेताहरूले कृत्रिम अभाव देखाएर ग्यास लुकाएको आरोप लागिरहेका बेला आयल निगम, प्रहरी र स्थानीय प्रशासनको पहलमा आकस्मिक वितरण प्रणाली लागू गरिएको हो। यस कदमले बजारमा व्याप्त ग्यासको तत्कालिन मागलाई सम्बोधन गर्न ठूलो राहत पुर्याएको छ।
विशेष वितरण प्रक्रिया सकिएसँगै सोमबारदेखि भने ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै सञ्चालन हुने आयल निगमले स्पष्ट पारेको छ। सम्बन्धित ग्यास उद्योगहरूले नियुक्त गरेका आधिकारिक विक्रेता तथा डिपोहरूमार्फत नै उपभोक्ताले ग्यास खरिद गर्न सक्नेछन्। आयल निगमले बजारमा ग्यासको पर्याप्त स्टक रहेको भन्दै उपभोक्तालाई नआत्तिन र विक्रेताहरूलाई ग्यास कालोबजारी वा होल्डिङ नगर्न कडा चेतावनी दिएको छ।
यो पनि पढ्नुहोस: बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन गर्न अध्ययन तथा अनुगमन सुरु, पोखरा र कपिलवस्तुमा प्रहरीको छापा: लागुऔषध र जुवाताससहित ३२ जना पक्राउ, अन्तर्राष्ट्रिय बजारमा उतारचढावका बीच इन्धनको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै ८१ करोड बढी घाटा, म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो एफए कम्युनिटी शिल्डको उपाधि, काठमाडौंको टौडोलमा घरको ताला फुटाएर चोरी गर्ने चार जना पक्राउ, नेपाली कांग्रेसको देउवा समूहद्वारा ‘सनातन धर्म’लाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय, भदौका लागि वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर पुनः घट्यो, १५ बैंकको दर स्थिर, ललितपुरको इमाडोलमा भायानेटको सुविधासम्पन्न नयाँ शाखा सञ्चालन
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।



















Leave a Reply