बेलायतमा काव्य सन्ध्या: आठ कविका दुई दर्जन बढी कविता गुञ्जिए

रसुवा बाढी प्रभावितका लागि २६ स्थानमा अस्थायी आश्रयस्थल र राहत केन्द्र सञ्चालन

बेलायतको एल्डरसटमा ‘साहित्य सङ्गालो बेलायत’को आयोजनामा बेलायतमा काव्य सन्ध्या को तेस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। बाँसुरीको सुमधुर धुनसँगै सुरु भएको उक्त विशेष साहित्यिक समारोहमा प्रवासी भूमिमा रहेका आठ जना प्रतिभासाली कविहरूले आफ्ना दुई दर्जनभन्दा बढी कालजयी कविताहरू प्रस्तुत गरेका थिए। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा डायस्पोरामा नेपाली कलाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

आयोजक संस्थाका अनुसार शनिबार आयोजित यस काव्य-सन्ध्याको शुभारम्भ स्रष्टा शशी थापा सुब्बाको काव्य वाचनबाट भएको थियो। त्यसपछि लहरै विभिन्न कविहरूले मञ्चमा पुगेर आफ्ना सिर्जनाहरू वाचन गरेका थिए। कार्यक्रममा सहभागी प्रत्येक कविले आ-आफ्ना रोजाइका तीन-तीन वटा कविता प्रस्तुत गर्नुभएको थियो। बाँसुरीको धुन र कविताको जीवन्त संयोजनले कार्यक्रम स्थलमा उपस्थित साहित्य प्रेमीहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

काव्य सन्ध्यामा कविहरू राज श्रेष्ठ, आरएल श्रमजीवी, विजय हितान, जयालक्ष्मी राई, चिम्खोले काइँला, मूलवीर राई र मुकुल दाहालले आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गर्नुभएको थियो। वाचित कविताहरूमा मूलतः देशप्रेम, डायस्पोराको जीवन सङ्घर्ष, सामाजिक विकृतिमाथिको व्यङ्ग्य तथा मानवीय संवेदनाका विविध आयामहरू समेटिएका थिए। स्रष्टाहरूको सशक्त प्रस्तुतिले प्रवासी जीवनका विविध उकाली-ओराली र जन्मभूमिको सम्झनालाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

प्रवासमा नेपाली साहित्यको निरन्तरता र प्रवर्द्धनका लागि यस्ता काव्यिक गतिविधिहरू अत्यन्तै महत्त्वपूर्ण रहेको सहभागीहरूको भनाइ थियो। बेलायतमा बसोबास गर्ने नेपाली स्रष्टाहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको प्रतिभा उजागर गर्न र नेपाली भाषा-संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न साहित्य सङ्गालो बेलायतले निरन्तर यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

विगतका संस्करणहरू जस्तै यस तेस्रो काव्य-सन्ध्याले पनि बेलायतमा नेपाली साहित्यप्रतिको मोह र चासो व्यापक रहेको पुष्टि गरेको छ। नेपाली कला र साहित्यको संरक्षणमा क्रियाशील संस्था तथा स्रष्टाहरूको संयुक्त प्रयासले विदेशी भूमिमा समेत नेपालीपनको पहिचानलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याएको छ। आयोजकले आगामी दिनहरूमा पनि यस्तै साहित्यिक कार्यक्रमहरूलाई अझ परिस्कृत रूपमा निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेको छ।

थप उपयोगी लिङ्कहरू

यो सामग्री WpNewblog द्वारा तयार — www.rameshpoudel.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुट्टिएको परिवार मिलाउने अभियान
रसुवा, नुवाकोट लगायतका जिल्लामा बाढीबाट हराउनु भएका वा भेटिनु भएकाहरूको सूचना एकै ठाउँमा

📢 हराउनु / भेटिनु भएकाहरूको रिपोर्ट गर्नुहोस्

क्लिक गर्नुहोस् र रिपोर्ट गर्नुहोस्