३१ साउन, काठमाडौं ।
काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम जारी रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको औसत ब्याजदर पुनः घटाएका छन्। कर्जाको माग अपेक्षाकृत बढ्न नसक्दा कोषको लागत कम गर्ने रणनीतिअनुसार बैंकहरूले भदौका लागि ब्याजदरमा कटौती गरेका हुन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ वटाले साउनको तुलनामा निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
नेपाल बैंकर्स संघका अनुसार भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ। साउन महिनामा यस्तो औसत दर ४.१६७५ प्रतिशत रहेकोमा भदौमा ०.०३१५ प्रतिशत विन्दुले कमी आएको हो। यसैगरी संस्थागत मुद्दती निक्षेपतर्फको औसत अधिकतम दर पनि साउनको ३.११६ प्रतिशतबाट घटेर भदौमा ३.०८१ प्रतिशतमा झरेको छ। व्यक्तिगत मुद्दतीमा नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी अर्थात् ४.५५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्।
भदौका लागि ब्याजदर घटाउने बैंकहरूमा सिद्धार्थ बैंकले सबैभन्दा ठूलो कटौती गरेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दतीमा ०.२९ प्रतिशत विन्दुले दर घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। यस्तै, नेपाल बैंकले व्यक्तिगत निक्षेपतर्फ ४.१५ प्रतिशत, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत र कुमारी बैंकले ३.७६ प्रतिशत ब्याजदर तोकेका छन्। अर्कातर्फ नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमईलगायत १५ बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि यथावत् राखेका छन्।
नेपालको वित्तीय बजारमा हाल पर्याप्त तरलता भए पनि बजारमा व्यावसायिक गतिविधि सुस्त हुँदा नयाँ कर्जाको माग निकै कमजोर छ। निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह नहुने अवस्थामा बैंकहरूले निक्षेपकर्तालाई धेरै ब्याज दिनुभन्दा आफ्नो लागत घटाउने नीति लिएका हुन्। निक्षेपको ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताको प्रतिफलमा दबाब परे पनि यसले आगामी दिनमा आधार दर (बेस रेट) घटाएर कर्जाको ब्याजदर सस्तो बनाउन मद्दत पुग्ने देखिन्छ।
यो पनि पढ्नुहोस: ललितपुरको इमाडोलमा भायानेटको सुविधासम्पन्न नयाँ शाखा सञ्चालन, जाजरकोटको भेरीमा भीषण पहिरो: ३ जनाको मृत्यु, २ बेपत्ता, ८ घरमा क्षति, भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ आज समापन हुँदै, अवलोकनकर्ताको उत्साहजनक उपस्थिति, म्यान्मारमा अविरल वर्षा र भीषण बाढी: बस्ती र धानखेत डुबानमा, विस्थापित थप सङ्कटमा, जाजरकोटमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता, पोखराको विजयपुर खोलाले बगाउँदा दुई बालक बेपत्ता, पहिचान खुल्यो, कञ्चनपुरको सुनबरा नदीमा डुबेर १० वर्षीया बालिका सञ्जु विष्टको मृत्यु, झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, हुलाकी राजमार्गमा तनाव
पर्यटन प्रबन्धनको लागि tarevir.com,
नागरिक जिम्मेवारीको लागि jimmewari.com,
दक्ष सेवाहरूको लागिskillssewa.com
को सुरुवात गरिएको छ, जसले सेवाको सहज व्यापार र सचेतनाका लागि मञ्च प्रदान गर्नेछन्।

















Leave a Reply