अन्डर लाइट्स टी-२०आई सिरिज: नेपाल आज यूएईसँग दोस्रो खेल खेल्दै

८ वैशाख, काठमाडौं । नेपाल vs यूएई टी२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ। ऐतिहासिक ‘अन्डर लाइट्स’ सिरिजमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट खेल रातको समयमा आयोजना भइरहेकोले यो सिरिज विशेष बनेको छ।यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल डीएल पद्धतिअनुसार ६ विकेटले पराजित भएको थियो। वर्षाका कारण खेल प्रभावित भएपछि खेललाई १० ओभरमा झारिएको थियो र यूएईले ७८ रनको लक्ष्य पाएको थियो। यूएईले ७ बल बाँकी रहँदा लक्ष्य पूरा गर्दै जित हात पारेको थियो।

नेपालका लागि उक्त खेलमा पेस बलर हेमन्त धामीले टी-२०आईमा डेब्यू गरेका थिए। आजको खेलमा सन्तोष यादवले पनि डेब्यू गर्ने सम्भावना रहेको छ।नयाँ संरचनामा रहेको नेपाली टोलीले पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको टोली आजको खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ।यता यूएई टोलीमा पनि भारतबाट बसाइँ सरेर आएका केही नयाँ खेलाडीहरू समावेश छन्, जसले टोलीलाई थप बलियो बनाएको छ।आजको खेल नेपालका लागि सिरिज बराबरी गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

नेपाल vs यूएई टी२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल त्रिवि मैदानमा हुँदैछ। नेपाल आज यूएईसँग दोस्रो खेल खेल्दै , आज बराबरी खोज्दै मैदानमा उत्रिँदै।

नेपाल आज यूएईसँग दोस्रो खेल खेल्दै

यो पनि पढ्नुहोस:गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि विरोधाभासअमेरिकाद्वारा हर्मुज नजिकै इरानी पानीजहाज कब्जा, तनाव चुलियोसरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यककपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरुसडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्धगोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्