ट्रम्पले बढाए युद्धविराम अवधि, वार्ता टुंगोमा नपुग्दासम्म जारी रहने

९ वैशाख , काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा युद्धविराम अवधि अनिश्चितकालका लागि बढाउने घोषणा गरेका छन्।यसअघि १४ दिनका लागि तय गरिएको युद्धविराम अवधि सकिन केही घण्टा बाँकी रहँदा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Socialमार्फत नयाँ निर्णय सार्वजनिक गरेका हुन्।उनले इरानका प्रतिनिधिहरूसँग वार्ता टुंगोमा नपुग्दासम्म युद्धविराम अवधि जारी रहने बताएका छन्। साथै, सेनालाई नाकाबन्दी कायम राख्दै पूर्ण तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन्।ट्रम्पका अनुसार पाकिस्तानको अनुरोधपछि युद्धविराम लम्ब्याउने निर्णय गरिएको हो। शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरको मध्यस्थतामा यसअघि दुई देशबीच युद्धविराम भएको थियो।

डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि अनिश्चितकालका लागि बढाएका छन्। वार्ता टुंगोमा नपुग्दासम्म युद्धविराम जारी रहने जनाइएको छ।

तर यो निर्णय एकपक्षीय देखिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले टिप्पणी गरेका छन्। इरान र इजरायल दुवैले तत्काल औपचारिक प्रतिक्रिया दिएका छैनन्।इरानसँग सम्बद्ध इस्लामिक रिभोलुसनरी गार्ड कोरले भने अमेरिकी नाकाबन्दीलाई बल प्रयोग गरेर तोड्ने चेतावनी दिएको छ।यसबीच इस्लामावादमा हुने भनिएको दोस्रो चरणको वार्ता अझै अनिश्चित बनेको छ। अमेरिकाले हर्मुज क्षेत्रमा इरानी जहाज नियन्त्रणमा लिएपछि वार्ताको वातावरण थप जटिल भएको बताइएको छ।संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससहितका अन्तर्राष्ट्रिय नेताहरूले नागरिक संरचनामाथि आक्रमणको चेतावनीप्रति चिन्ता व्यक्त गरेका छन्।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको यस द्वन्द्वमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य कारबाही अघि बढाएका थिए। हालसम्म पनि कूटनीतिक वार्ता र सैन्य तयारी सँगसँगै अघि बढिरहेका छन्।इरानभित्र पनि अमेरिकासँग वार्ता गर्ने विषयमा आन्तरिक मतभेद देखिएको छ। केही राजनीतिक नेताहरू वार्ताको पक्षमा देखिएका छन् भने सैन्य पक्ष कडा अडानमा रहेको बताइएको छ।यसले युद्धविराम अवधि लम्बिए पनि स्थायी समाधान अझै टाढा रहेको संकेत गरेको छ।


यो पनि पढ्नुहोस:व्यवसायीले सोमबारदेखि पूर्ण तौल १४.२ किलो ग्यास सिलिन्डर बेच्ने घोषणा, अन्डर लाइट्स टी-२०आई सिरिज: नेपाल आज यूएईसँग दोस्रो खेल खेल्दैगृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि विरोधाभासअमेरिकाद्वारा हर्मुज नजिकै इरानी पानीजहाज कब्जा, तनाव चुलियोसरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यककपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरुसडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्धगोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्