१ असार, काठमाडौं । अमेरिका इरान शान्ति सम्झौतामा सहमति , तनाव तथा सैन्य संघर्ष अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा सहमति भएको दाबी गरिएको छ। उक्त सम्झौतामा आगामी जुन १९ मा स्वीट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने जनाइएको छ। पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले सामाजिक सञ्जालमार्फत अमेरिका र इरान शान्ति प्रक्रियामा सहमत भएको जानकारी दिएका हुन्। उनका अनुसार दुवै पक्षले लेबनानसहित विभिन्न मोर्चामा जारी सैन्य गतिविधि तत्काल र स्थायी रूपमा अन्त्य गर्ने समझदारी गरेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति Donald Trump ले पनि इरानसँगको सम्झौता टुंगोमा पुगेको बताएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले समेत सम्झौताप्रति सहमति जनाएको दाबी गरिएको छ।
सम्झौताअनुसार इरानविरुद्ध लागू गरिएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने तथा विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक Strait of Hormuz पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ। पाकिस्तानले यस शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको जनाएको छ। साथै Qatar, Saudi Arabia र Turkey ले पनि सम्झौता सम्पन्न गर्न सहयोग पुर्याएको भन्दै आभार व्यक्त गरिएको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य, नाकाबन्दी हटाउने तथा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषयमा शान्ति सम्झौतामा सहमति भएको दाबी गरिएको छ।
सम्झौता कार्यान्वयनअघि विभिन्न प्राविधिक तथा कूटनीतिक बैठकहरू हुने बताइएको छ। ती बैठकहरूले अन्तिम हस्ताक्षर र कार्यान्वयन प्रक्रियाको आधार तयार गर्ने जनाइएको छ। विश्लेषकहरूका अनुसार यदि सम्झौता सफलतापूर्वक कार्यान्वयन भयो भने स्ट्रेट अफ होर्मुजमार्फत तेल आपूर्ति पुनः सहज हुने, अन्तर्राष्ट्रिय ऊर्जा बजारमा स्थिरता आउने तथा इन्धन मूल्यमा समेत दबाब कम हुन सक्ने अपेक्षा गरिएको छ।
फेब्रुअरी अन्तिम सातादेखि अमेरिका, इजरायल र इरानबीच बढेको तनावले मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था तथा विश्व ऊर्जा बजारमा व्यापक प्रभाव पारेको थियो। अब सम्भावित शान्ति सम्झौताले क्षेत्रीय स्थायित्वतर्फ नयाँ आशा जगाएको छ।
यो पनि पढ्नुहोस: हुरीबाट शुक्लाफाँटका ८० परिवार प्रभावित, ६० घर र २० गोठमा क्षति, तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बजरकितियाभाको निधन, केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन, अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ, फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडान अनुमति, पर्यटन व्यवसायी उत्साहित, इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसाल्यो, अमेरिकाद्वारा केशम टापुमा प्रतिआक्रमण, बीवाईडी प्रकरणमा एमालेको घोटाला आरोप, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग, न्यून चापीय वायुको प्रभाव कायम, आज विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्, पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा, भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply