२१ असार, काठमाडौं । लगातारको वर्षा, बाढी–पहिरो तथा सडक मर्मतका कामका कारण आज पनि देशका विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सात वटा सडक पूर्ण रूपमा बन्द रहेको र चार वटा सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको जनाएको छ।
पूर्ण रूपमा अवरुद्ध सडकमध्ये बीपी राजमार्ग सम्भावित पहिरोको जोखिमका कारण बन्द गरिएको छ। यसबाहेक फाखेल–हुमाने–काठमाडौं सडक, अरनिको राजमार्ग, बेनी–जोमसोम सडक, जाजरकोट–डोल्पा सडक तथा जयपृथ्वी राजमार्गमा पनि यातायात सञ्चालन रोकिएको छ। यस्तै, घोराही–रुकुम शहीद मार्ग, मालमु–पाल्पा सडक, सिद्धार्थ राजमार्ग र मध्यपहाडी राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ। सडक खुलाउने प्रयास जारी रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
यो पनि पढ्नुहोस:१ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ, बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही, पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदम, निजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा, साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, मनसुनको जोखिम बढेपछि बेँसीसहर–चामे र सुन्दरबजार–भोर्लेटार सडकमा राति सवारी सञ्चालन बन्द, ३४ भन्दा बढी जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह, युरोपमा गर्मीको कहर, तातो लहरका कारण १,३०० भन्दा बढीको मृत्यु, प्रमुख चुनौती कार्यान्वयन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply