नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, साउन १ देखि सेवा सुरु

साउन 1 देखि टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै पुर्‍याइने

२२ असार, काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड तथा अन्य आवश्यक सामग्री हुलाक सेवामार्फत आफ्नै घरमा प्राप्त गर्न सक्ने भएका छन्। नेपाल टेलिकम र हुलाक सेवा विभागबीच भएको सम्झौताअनुसार साउन १ गतेदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

सम्झौताअनुसार नेपाल टेलिकमले उपलब्ध गराउने सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्स लगायतका सामग्री हुलाक सेवा विभागमार्फत ढुवानी गरिनेछ। यस व्यवस्थापछि सेवाग्राहीले आवश्यक सामग्री लिन टेलिकम कार्यालयमै पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। ग्राहकले चाहेमा ती सामग्री हुलाकमार्फत सिधै आफ्नो घर वा तोकिएको ठेगानामा प्राप्त गर्न सक्नेछन्।

सम्झौतापत्रमा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा बोल्दै डंगोलले सेवाग्राहीलाई कार्यालयमै उपस्थित नभई सहज रूपमा सेवा उपलब्ध गराउने नीति अन्तर्गत यो सहकार्य गरिएको बताइन्। उनका अनुसार यसले ग्राहकलाई थप सहज र प्रभावकारी सेवा प्रदान गर्नेछ।

नेपाल टेलिकम र हुलाक सेवा विभागबीच सम्झौता भएपछि साउन १ गतेदेखि टेलिकमका सिमकार्ड, कागजात र अन्य सामग्री हुलाकमार्फत ग्राहकको घरमै पुर्‍याइने भएको छ।

हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले पनि सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार विभागले विभिन्न सेवा विस्तार गरिरहेको उल्लेख गर्दै नेपाल टेलिकमसँगको सहकार्य आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। यस सहकार्यले सरकारी सेवाको पहुँच विस्तार गर्नुका साथै टेलिकमका ग्राहकलाई छिटो, सहज र सुविधाजनक सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


यो पनि पढ्नुहोस: आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन, १ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ,  बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाहीपेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था, आयल निगमको कडा कदमनिजामती विधेयकमा दुई मन्त्रालयबीच मतभेद, ३५ दिनदेखि कानुन मन्त्रालयमै रोकियो मस्यौदा,  साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफलगुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

4 comments
श्रीमती हत्या आरोपमा फरार रहेका युवक 7 वर्षपछि पक्राउ

[…] पनि पढ्नुहोस: नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्…, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा […]

विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने

[…] फरार रहेका युवक सात वर्षपछि पक्राउ,  नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्…, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा […]

भुटानी शरणार्थी प्रकरण: 15 जना दोषी कति सजाय हुन सक्छ?

[…] फरार रहेका युवक सात वर्षपछि पक्राउ,  नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्…, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा […]

राहदानी विभाग घटनामा घाइते गणेश नेपालीको अवस्था चिन्ताजनक

[…] फरार रहेका युवक सात वर्षपछि पक्राउ,  नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्…, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा […]

Founded by Ramesh Poudel