सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यक

वैशाख, काठमाडौं। सरकारले सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ।अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको छ।

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यक

महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र आइसकेको छ र निर्णय छिट्टै कार्यान्वयनमा जाने तयारी भइरहेको छ।सरकारको लक्ष्य कर्मचारीहरूको हातमा समयमै नगद प्रवाह गराउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको बताइएको छ। हालसम्म सरकारी कर्मचारीहरूले मासिक रूपमा तलबभत्ता पाउँदै आएका छन्, जुन प्रत्येक महिनाको अन्त्यतिर बैंक खातामा जम्मा हुने गर्छ।

तर अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने , ऐन संशोधन आवश्यक दिने व्यवस्था लागू गर्न कानुनी आधार आवश्यक पर्नेछ। यसका लागि संघीय निजामती सेवा ऐनमा संशोधन गर्नुपर्ने देखिएको छ।अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार, हालको ऐनमा मासिक भुक्तानीको व्यवस्था रहेकोले १५/१५ दिनमा तलब वितरण गर्नुअघि ऐन संशोधन अनिवार्य हुनेछ।सरकारले नयाँ संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको छ, जसमा यो व्यवस्था समावेश गरिने सम्भावना रहेको छ। ऐन पारित भएसँगै यो निर्णय कार्यान्वयनमा आउने बताइएको छ।

यो पनि पढ्नुहोस:कपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरु, सडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्धगोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै,  रास्वपाले पहिलो पटक विज्ञ र योजनाहरू आह्वान गर्ने तयारीइन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउचीन युथ पायोनियर प्रोग्राम नेपाल सुरु: जेनजी युवालाई नेतृत्व तालिम र चीन भ्रमण अवसर,  ट्रम्प भेटअघि चीनको कूटनीतिक दौडधुप: इरानलाई मनाउँदै, अमेरिकासँग सन्तुलन खोज्दै बेइजिङ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


One response to “सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्