१८ वैशाख, काठमाडौं । अवैध हातहतियार र ठूलो मात्रामा लागुऔषधसहित चार जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरो नेपाल कोटेश्वरबाट खटिएको टोलीले विभिन्न स्थानमा गरिएको अपरेशनका क्रममा एक थान पेस्तोलसहित यसको म्यागजिन, गोलीहरू तथा हजारौँ संख्यामा ट्रामाडोल ट्याब्लेट बरामद गरेको हो।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक थान पेस्तोल, त्यसका तीनवटा म्यागजिन, चार राउन्ड गोली, साथै एसएलआर हतियारका दुई राउन्ड गोली बरामद गरिएको छ। त्यस्तै, नियन्त्रणमा लिइएको लागुऔषध ट्रामाडोलको संख्या १६ हजार ७ सय ५० ट्याब्लेट रहेको छ।
लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट पेस्तोल, गोली र १६ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ। अनुसन्धान जारी छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेका छन्।प्रहरीले उनीहरूलाई काठमाडौंबाटै नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। बरामद हतियार र लागुऔषधको स्रोत तथा यसको नेटवर्कबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: ई–बिडिङ ह्याक काण्ड: नेपाल टेलिकम सर्भर ह्याकमा समातिएका कर्मचारी फेरि पक्राउ, मालपोत अधिकृत र वडाध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, किन कुमारी बैंक र सिद्धार्थ बैंकले ताने सेयर लगानीकर्तालाई?, बुटवल स्कुटर दुर्घटनामा २ जनाको मृत्यु, एक जना सख्त घाइते, पहुँचका आधारमा कर्मचारीले लिएको चारपांग्रे सुविधा खोस्दै सरकार, ७ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित), कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ, लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ, छिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply