वैकल्पिक विकास वित्त परिचालन विधेयक’ पारित हुने तयारी

७ जेठ काठमाडौं। प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा वालेन्द्र शाह को तर्फबाट सोबिता गौतम ले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।त्यसैगरी, मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गर्ने कार्यक्रम रहेको छ।

अर्थमन्त्रीले वित्त विधेयक अघि बढाउने

बैठकमा स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल अघि बढाउने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गरिनेछन्। त्यसपछि अर्थमन्त्री वाग्लेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

महत्वपूर्ण विधेयकमा केन्द्रित बैठक

आजको बैठक निर्वाचन, मतदाता व्यवस्थापन, फरेन्सिक पूर्वाधार तथा विकास वित्तसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरूमा केन्द्रित रहने देखिएको छ।


यो पनि पढ्नुहोस:नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध : अर्थमन्त्री,  बेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारीप्रतिनिधि सभाको बैठक आज बस्दै,  प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको मागनिर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा,   सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बनेविश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत,    पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्