प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग

५ जेठ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन्। संसदीय सुनुवाइ समिति को आजको बैठकमा बोल्दै पुनले शर्माविरुद्ध दर्ता भएका उजुरी र प्रस्तुत कार्ययोजनाको गम्भीर अध्ययनका लागि पर्याप्त समय आवश्यक रहेको बताएका हुन्।

समितिमा हाल शर्माविरुद्ध परेका १६ वटा उजुरी तथा उनको कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। तर, पुनले आजै निर्णयतर्फ नलागी एक दिन अध्ययन गरेर भोलिदेखि सुनुवाइ सुरु गर्नुपर्ने धारणा राखे। उनले भने, “आज राम्रोसँग अध्ययन गरौं, भोलि बिहानबाट सुनुवाइ सुरु गरौं। निर्णय जे भए पनि प्रक्रिया पूर्ण र पारदर्शी देखिनुपर्छ।”

नेकपाका वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन्। १६ उजुरी अध्ययनका लागि समय आवश्यक भएको धारणा। प्रक्रिया पूरा गर्न जोड

पुनका अनुसार परिणाम के हुने भन्ने अनुमान गर्न सकिने अवस्था भए पनि संसदीय अभ्यासमा विधि र प्रक्रिया स्पष्ट रूपमा पालना हुनु जरुरी छ। “बहुमत पुगेपछि पास हुन्छ, तर प्रक्रिया मजबुत देखिनुपर्छ,” उनले बैठकमा जोड दिए।

प्रिबजेट छलफलको व्यस्तता

हाल संसदमा प्रिबजेट छलफल जारी रहेकाले सांसदहरूलाई त्यहाँ पनि उपस्थित हुनुपर्ने अवस्था छ। यही कारणले सुनुवाइलाई भोलि सार्दा उपयुक्त हुने पुनको तर्क छ। समिति भने पूर्वनिर्धारित कार्यतालिका अनुसार आजै सुनुवाइ अघि बढाउने तयारीमा रहेको बताइएको छ। अब सुनुवाइ आजै हुने कि भोलि सारिने भन्ने विषय समितिको निर्णयमा निर्भर रहनेछ।


यो पनि पढ्नुहोस: निर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा,   सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बनेविश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेतसिन्धुपालचोकमा ५६ लाखका १,६२० भेपसहित ७ जना पक्राउमाडीमा चेपाङ समुदायका लागि ३९ पक्की घर निर्माण हुँदै, बागमती सरकारको पहलचीनले २०० बोइङ जेट किन्ने ट्रम्पको दाबी, बजारमा प्रभाव: सेयर ४% ले घट्योपूर्वाधार आयोजनामा ढिलाइ रोक्न ‘फास्ट ट्र्याक इजलास’ सिफारिस,,  प्रधानमन्त्री कार्यालय झन् शक्तिशाली: मन्त्रालय घटाउँदै सरकारको ठूलो पुनर्संरचना ,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्