६ जेठ, बेइजिङ। भ्लादिमिर पुटिन चीनको राजधानी बेइजिङ पुगेका छन्। मंगलबार पुगेका पुटिन र सी चिनफिङ बीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ। यो भेट सन् २०२६ मा दुई नेताबीचको पहिलो प्रत्यक्ष संवाद हो। साथै, रूस–चीनबीचको ‘सद्भावना र मैत्रीपूर्ण सहकार्य सन्धि’ को २५ वर्ष तथा रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा यो भ्रमणलाई विशेष रूपमा हेरिएको छ।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य तथा अन्तर्राष्ट्रिय मुद्दामा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। रूसी समाचार संस्था तासका अनुसार, यस भ्रमणका क्रममा करिब ४० वटा सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको छ। तीमध्ये २१ वटा महत्वपूर्ण सम्झौतामा दुवै राष्ट्रपतिहरूको उपस्थितिमा हस्ताक्षर गरिनेछ। साथै, दुई देशले ‘समग्र साझेदारी र रणनीतिक सहकार्य’ अझ सुदृढ गर्ने विषयमा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन्।
बेइजिङमा पुटिन र सी चिनफिङबीच आज भेटवार्ता हुँदैछ। ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारी, रूस–चीन सम्बन्ध थप मजबुत हुने संकेत।
भ्रमणका क्रममा २०२६–२०२७ लाई ‘अन्तरसांस्कृतिक शिक्षा वर्ष’ घोषणा गर्ने कार्यक्रम पनि रहेको छ। यसका साथै, रूस–चीन सम्बन्धको इतिहास झल्काउने संयुक्त प्रदर्शनी अवलोकन गर्ने तालिका तय गरिएको छ। पुटिनले चिनियाँ प्रधानमन्त्री ली च्याङ सँग पनि छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको अन्त्यमा सीमित प्रतिनिधिमण्डलसहित थप रणनीतिक छलफल गरिने जनाइएको छ।
यो पनि पढ्नुहोस:प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग, निर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बने, विश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply