६ जेठ, काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आईसीआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
एपीजीका प्रतिनिधिसँगको छलफलमा मन्त्री वाग्लेले नेपाललाई ‘जुरिसडिक्सन्स अन्डर इन्क्रिज्ड मोनिटरिङ’ सूचीबाट मुक्त गर्न सरकारले सबै सम्भव उपाय अपनाउने स्पष्ट पारे। उनले सरकार सुशासन स्थापना र विकासलाई तीव्रता दिने दिशामा अघि बढिरहेको पनि बताए।
अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। एपीजीसँग छलफल, सुधारका संकेत देखिँदै।
उनका अनुसार नयाँ सरकार गठनपछि सुशासनका क्षेत्रमा भएका कामको प्रभाव नागरिकले अनुभव गर्न थालेका छन्। साथै, ग्रे लिस्टबाट बाहिरिन आवश्यक कामहरू सम्बन्धित निकायहरूले निरन्तर अघि बढाइरहेका र त्यसको नियमित मूल्यांकन भइरहेको जानकारी दिए।अर्थमन्त्री वाग्लेले पछिल्लो समीक्षा अवधिको तुलनामा नेपालले ग्रे लिस्टसम्बन्धी सूचकहरूमा सुधार गरेको दाबी गरे। कार्यक्रममा एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्नन ले भने नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त काम गर्न बाँकी रहेको टिप्पणी गरेका छन्।
यो पनि पढ्नुहोस: बेइजिङमा पुटिन–सी भेटवार्ता आज, ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारी, प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिन पछि सार्न नेकपाको माग, निर्माण सामग्रीमा १०७%सम्म मूल्यवृद्धि, ३० हजार आयोजना संकटमा, सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा जग्गा अतिक्रमण, २७३३ संरचना बने, विश्वकै पहिलो एआई राष्ट्रको प्रयोग: प्रविधिको क्रान्ति कि जोखिमपूर्ण भविष्य? मङ्गल ग्रहमा महासागर थियो? ‘शालबाताना भालिस’ उपत्यकाले दियो चकित पार्ने संकेत, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply