१२ जेठ, काठमाडौं । काठमाडौंको खिचापोखरी क्षेत्रमा प्रहरीले ठूलो मात्रामा अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ करोड रुपैयाँ बराबरका भेपसहित एक जनालाई पक्राउ गरेको हो।
काठमाडौंको खिचापोखरीस्थित पसल र गोदाममा प्रहरीले छापा मारेर करिब ६ करोड रुपैयाँ बराबरका २८ हजार ५०० अवैध भेप बरामद गरेको छ। घटनामा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ निवासी ३२ वर्षीय नवीन खड्का रहेका छन्। उनी खिचापोखरीस्थित ‘स्माइल योर च्वाइस’ पसलका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२२ स्थित आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको पसल र सोही भवनको अर्को भागमा रहेको ‘भेपमान्डु ट्रेडर्स प्रालि’को गोदाममा खानतलासी गरेको थियो।खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका भेप बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीको अनुमानित मूल्य करिब ६ करोड रुपैयाँ बराबर रहेको छ। पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नुहोस: राष्ट्रिय सभाले अस्वीकृत गरे संविधान संशोधन विधेयक संयुक्त सदनमा लैजान सकिने प्रस्ताव, भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य, नेपालमा पनि मूल्यवृद्धिको दबाब, नेपाली विद्यार्थीले बनाए पानीमुनि स्क्यान गर्ने डुङ्गा, विपद् व्यवस्थापनमा उपयोगी, क्यान्सर उपचारमा संकट : जीवनरक्षक औषधि अभावले बिरामी जोखिममा, पाँचथरको याङवरकमा बाढी–पहिरोको ठूलो क्षति, मध्यपहाडी लोकमार्ग अवरुद्ध, उच्च प्रशोधित युरेनियम विदेश नपठाउन खामेनीको निर्देशन, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply