१ साउन, काठमाडौं । काठमाडौंको कपनस्थित भृकुटीचोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्। गएराति भएको दुर्घटनामा सङ्खुवासभाको मकालु गाउँपालिका स्थायी घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय कुसान शेर्पाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार बा.८७ प ६३४७ नम्बरको मोटरसाइकल चलाइरहेका शेर्पाको मोटरसाइकल फैकाबाट तीनचुलीतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१४ प ३५६२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका शेर्पालाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्को मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने २१ वर्षीय विनोद तामाङ पनि घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस: साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदर, कन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमा, काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ, बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, २६ व्यावसायिक सटर हटाइयो, बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज रिफर, इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियो, जडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउ, चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply