२९ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात ठप्प भएको छ भने केही सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ। सडक विभागका अनुसार २०८३ असोज २९ गते बिहान ६:३० बजेसम्म विभिन्न प्रदेशका प्रमुख सडकमा बाढी र पहिरोको असर देखिएको छ।
कोशी प्रदेश
भोजपुरको मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तिल्केनी–सिमलगोला सडकको जोगमाई र इलाम–बेलासी सडकखण्डको पुवाखोला डाइभर्सन बाढीले बगाएपछि यातायात प्रभावित भएको हो।
बागमती प्रदेश
बाढी र पहिरोका कारण बागमती प्रदेशका प्रमुख सडकहरू पनि प्रभावित भएका छन्।
- काभ्रेको बीपी राजमार्ग पूर्ण रूपमा बन्द छ।
- मकवानपुरको कान्तिलोकपथ पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
- प्रहरीले अरनिको राजमार्ग अवरुद्ध रहेको जनाएको भए पनि स्थानीय जनप्रतिनिधिका अनुसार सडक बन्द र सञ्चालन हुने क्रम जारी छ।
यता, सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा सडक भासिएर अवरुद्ध भएको सडक भने पुनः सञ्चालनमा आएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन्।
गण्डकी प्रदेश
कास्कीको पोखरा–ताउतिङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
लुम्बिनी प्रदेश
रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। पाल्पाको सिद्धार्थ राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित | यात्रुहरूलाई सावधानी अपनाउन आग्रह
नेपाल प्रहरीले निरन्तर वर्षाका कारण सडकमा थप जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आग्रह गरेको छ। साथै, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
यो पनि पढ्नुहोस:कोशी अस्पतालको सरकारी जग्गामा डोजर, २६ व्यावसायिक सटर हटाइयो, बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज रिफर, इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियो, जडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउ, चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु, नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?, शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply