१५ चैत | काठमाडौँ । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं जिल्ला प्रहरी परिसरलाई हस्तान्तरण गरेको छ। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठन गरिएको उक्त आयोगले आफ्नो प्रतिवेदन यसअघि सरकारलाई बुझाएको थियो। हाल उक्त प्रतिवेदनलाई कार्यान्वयनको चरणमा लैजान गृह मन्त्रालयमार्फत प्रहरी परिसरमा पठाइएको हो। परिसर प्रमुख एसएसपी रमेश थापाका अनुसार गृह मन्त्रालयबाट प्रतिवेदन प्राप्त भइसकेको छ र सोही आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ। उनले भने, “हामीलाई गृह मन्त्रालयबाट जाँचबुझ आयोगको प्रतिवेदन आएको छ, त्यसअनुसार काम अगाडि बढाएका छौं।

