आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य

चैत २४ काठमाडौं । आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठक आकस्मिक रूपमा बोलाइएको जनाइएको छ भने यसको एजेण्डा हालसम्म सार्वजनिक गरिएको छैन। यसले राजनीतिक वृत्तमा चासो बढाएको छ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ को काभ्रेको रोशी खोला भ्रमण कार्यक्रम स्थगित भएको छ। बिहान तय गरिएको उक्त भ्रमण बैठकका कारण रोकिएको हो। स्रोतका अनुसार बैठक सकिएपछि गृहमन्त्री गुरुङ काभ्रे जाने योजना रहेको बताइएको छ। आकस्मिक बैठकको उद्देश्य र निर्णयबारे भने बैठकपछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।

काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,  काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,  ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्