डिसहोमको कर्मचारी बनेर २९ लाखभन्दा बढी ठगी, ३६४ जना सिकार

चैत २४ काठमाडौं । डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय का अनुसार विशेष अफरको प्रलोभन देखाउँदै रकम असुल्ने कार्यमा संलग्न तीन जनालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा आरती सिंखडा, विष्णु कार्की र असल सिंह तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले DishHome का ग्राहकहरूलाई फोन गरी ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस’ दिने भन्दै झुक्याउने गरेका थिए। विश्वास दिलाउन नक्कली रसिद र छाप समेत प्रयोग गरिएको खुलेको छ। अनुसन्धानका क्रममा मुख्य योजनाकार आरती सिंखडाले विगतमा डिसहोमसँग सम्बन्धित काम गरेको र सोही क्रममा संकलन गरिएको ग्राहक विवरण प्रयोग गरी ठगी गरेको प्रहरीको दाबी छ।

काठमाडौंमा डिसहोमको कर्मचारी बनेर ठगी गर्ने गिरोह पक्राउ। ३६४ जनाबाट २९ लाखभन्दा बढी रकम असुलेको खुलासा।

प्रहरीले उनीहरूको साथबाट नक्कली छाप, रसिद, परिचयपत्र र ग्राहक विवरण राखिएको डायरी बरामद गरेको छ। साथै रकम eSewa, Khalti तथा बैंक खातामार्फत संकलन गरिएको पाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार गिरोहले हालसम्म ३६४ जनाभन्दा बढीलाई ठगी गर्दै २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ। यद्यपि हालसम्म सात जना पीडितले मात्रै औपचारिक उजुरी दिएका छन् भने अन्य पीडितहरू पनि सम्पर्कमा आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

 यो पनि पढ्नुहोस : नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ,       आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै, एजेण्डा गोप्य,       काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना नियन्त्रणमा ,       काठमाडौंमा गुण्डागर्दीविरुद्ध कडा एक्सन : किमजोङ बोससहित १७ जना पक्राउ ,        ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइयो – गृहमन्त्री सुधन गुरूङ को टिप्पणी ,       पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


यो पनि पढ्नुहोस्