गैँडाकोटमा बाढी पस्यो, ३५ जना विस्थापित, ९ घरबाट सुरक्षित उद्धार

३० असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढीले पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ९ घरका ३५ जना विस्थापित भएका छन् भने उनीहरू आफन्त तथा छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति करिब १० बजे गैँडाकोट नगरपालिका–४ मा जंगल क्षेत्रबाट आएको बाढी र नालाको पानी बस्तीमा पसेपछि स्थानीय बासिन्दा प्रभावित भएका हुन्। स्थानीयका अनुसार भृकुटीचोक, बेल्डिहा, प्रगति टोल र झापर्दी टोल क्षेत्रका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन्।

उद्धारका लागि इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा २० सदस्यीय प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्मको टोली परिचालन गरिएको थियो। प्रहरीले प्रभावित ९ घरका ३५ जनालाई सुरक्षित स्थानमा उद्धार गरेको जनाएको छ। प्रहरीका अनुसार घटनामा कुनै मानवीय वा चौपायाको क्षति भएको छैन। प्रभावित क्षेत्रमा भएको अन्य क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको जनाइएको छ।

वडा अध्यक्षको घरमा पनि बाढी

सोमबार राति करिब ११ बजे गैँडाकोट नगरपालिका–१५ मा पनि वर्षाको पानी र नालीको बहाव घरभित्र पसेको थियो।mयस क्रममा वडा अध्यक्ष प्रेमराज तिमल्सिनाको घरको तल्लो तलामा राखिएको करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेर क्षति पुगेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्थानीय सुदीप रानाभाटको घरमा पनि बाढी पसेर लत्ताकपडालगायत सामग्रीमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार प्रभावित क्षेत्रमा अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा प्रहरी टोली परिचालन गरी आवश्यक सुरक्षा तथा उद्धार कार्य जारी राखिएको छ।


यो पनि पढ्नुहोस:बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह, कोशी अस्पतालको सरकारी जग्गामा डोजर, २६ व्यावसायिक सटर हटाइयोबझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज रिफर,  इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियोजडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउचीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्युनक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइनेश्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्