काठमाडौं, २५ जेठ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि प्रशान्त क्षेत्रका विभिन्न देशहरूले सतर्कता अपनाउँदै सुनामी चेतावनी जारी गरेका छन्।स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समयअनुसार बिहान ५:२२ बजे) जनरल सान्तोस सहरको तटीय क्षेत्र आसपास भूकम्प महसुस गरिएको हो। भूकम्पको तीव्रता र गहिराइबारे विभिन्न अन्तर्राष्ट्रिय निकायहरूले फरक–फरक विवरण सार्वजनिक गरेका छन्। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (PHIVOLCS) का अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको छ।
फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। विभिन्न निकायले ७.० देखि ७.८ म्याग्निच्युडसम्मको भूकम्प भएको बताएका छन्। भूकम्पपछि जापान, इन्डोनेसिया लगायतका देशमा सुनामी चेतावनी जारी गरिएको छ।
यद्यपि, अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड र गहिराइ ३५ किलोमिटर रहेको जनाएको छ। जर्मनीको भूविज्ञान अनुसन्धान केन्द्र (GFZ) ले पनि ७.८ म्याग्निच्युडको भूकम्प भएको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जानकारी दिएको छ।
भूकम्पपछि फिलिपिन्स, जापान, इन्डोनेसिया लगायतका देशहरूले सुनामी चेतावनी जारी गरेका छन्। प्रशान्त सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रबिन्दु नजिकका केही प्रशान्त क्षेत्रहरूमा समुद्री छालाको जोखिम हुन सक्ने जनाएको छ।
यद्यपि, उपलब्ध तथ्यांकका आधारमा हवाई टापुका लागि कुनै सुनामी जोखिम नरहेको स्पष्ट पारिएको छ। गुआम र मारियाना टापुहरूका लागि भने सुनामीसम्बन्धी परामर्श जारी राखिएको छ र थप जानकारीको प्रतीक्षा भइरहेको बताइएको छ।हालसम्म मानवीय क्षति वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायहरूले स्थिति निगरानी गरिरहेका छन् भने तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
यो पनि पढ्नुहोस: रविले बोलाएको सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्, पोखरा बसपार्कका स्थानीयले आफैं हटाउन थाले घर–टहरा, भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री शिशिर खनालले भने– नेपाल सरकारसँग कुनै पुरानो बोझ छैन, विश्व वातावरण दिवस २०२६ देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै, कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा, सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्दै बागमती सरकार, प्रत्यक्ष सांसदलाई ५ करोडसम्म, सरकारले २५ संस्था खारेज , बैंकमा निष्क्रिय रहेको कोषको रकम सरकारले चलाउने, हकवालाले दाबी गरे फिर्ता हुने, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply