२६ असार, काठमाडौं । राहदानी विभाग परिसरमा भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयमा आकस्मिक छलफल सुरु भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार घटनापछि मन्त्रालयमा गृहमन्त्रीसहित उच्च अधिकारीहरूको बैठक बसिरहेको छ। घटनाको पछिल्लो अवस्था, आवश्यक समन्वय तथा आगामी कदमबारे छलफल भइरहेको जनाइएको छ।
राहदानी विभाग परिसरको घटनामा घाइते भएका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयमा आकस्मिक छलफल सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङ वीर अस्पताल जाने तयारीमा छन्।
स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङ वीर अस्पताल जाने तयारीमा छन्। अस्पताल पुगेर उनले उपचारमा संलग्न चिकित्सक तथा सम्बन्धित अधिकारीसँग घटनाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ। गणेश नेपाली राहदानी विभाग परिसरमा भएको घटनापछि गम्भीर रूपमा घाइते भएका थिए। उनको वीर अस्पतालमा सघन उपचार भइरहेको थियो।घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको जनाएको छ। गृह मन्त्रालयले घटनाका सबै पक्षको छानबिन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ।
यो पनि पढ्नुहोस:चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु, नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?, शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ, नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै, साउन १ देखि सेवा सुरु, आज ७ सडक पूर्ण रूपमा बन्द, ४ सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन, १ करोड भन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ, बर्डफ्लु संक्रमित भएका कुखुरा, हाँस, बट्टाइल बिक्री गरेमा कारबाही, साउनदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग, अन्तिम परीक्षण सफल, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply