वैशाख २ काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावबीच इसराइल लेबनन वार्ता तीन दशकपछि पुनः सुरु भएको छ। अमेरिकाको मध्यस्थतामा वासिङ्टन डिसीमा. मा मंगलबार दुबै देशबीच प्रारम्भिक स्तरको प्रत्यक्ष वार्ता सम्पन्न भएको हो। अमेरिकी विदेशमन्त्री मार्को रूबिओको पहलमा भएको यस वार्तामा अमेरिकाका लागि इसराइलका राजदूत यचिल लेटर र लेबननकी राजदूत नाडा मोवाद सहभागी थिए। साथै, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ज लगायतका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
तीन दशकपछि इसराइल लेबनन वार्ता सुरु
अन्तर्राष्ट्रिय समाचार संस्था Reuters का अनुसार करिब दुई घण्टा चलेको इसराइल लेबनन वार्तालाई दुबै पक्षले सकारात्मक रूपमा लिएका छन्।सन् १९४८ मा इसराइल स्थापना भएदेखि युद्धकै अवस्थामा रहेका यी दुई देशका प्रतिनिधि एउटै टेबलमा बसेको यो एक दुर्लभ र ऐतिहासिक क्षण मानिएको छ।यो पूर्ण औपचारिक वार्ता नभई प्रारम्भिक संवाद भएको बताइएको छ। वार्तामा मुख्य रूपमा एकअर्काको अडान बुझ्ने र सम्भावित युद्धविरामको आधार खोज्ने विषयमा केन्द्रित छलफल भएको थियो।
वार्तापछि जारी संयुक्त वक्तव्यमा “प्रत्यक्ष वार्ता अघि बढाउने दिशामा सहमति भएको” उल्लेख गरिएको छ। दुबै पक्षले निकट भविष्यमा औपचारिक वार्ता गर्ने तयारी रहेको जनाएका छन्।इसराइलका राजदूत लेटरले लेबनन पक्षले इरान समर्थित हिजबुल्लाहको प्रभावबाट टाढा हुने संकेत दिएको दाबी गरेका छन्। यद्यपि इसराइलले लेबननमाथि जारी आक्रमण रोक्ने विषयमा स्पष्ट प्रतिबद्धता जनाएको छैन।लेबननकी राजदूत मोवादले पनि वार्ता सकारात्मक भएको बताउँदै शान्ति प्रक्रियातर्फ अगाडि बढ्ने संकेत दिएकी छन्।
यसअघि डोनाल्ड ट्रम्पले लेबनन युद्धविराममा समावेश नभएको बताएका थिए, जसका कारण क्षेत्रमा थप तनाव बढेको थियो।विशेषज्ञहरूका अनुसार इसराइल लेबनन वार्ता दीर्घकालीन शान्ति प्रक्रियाको सुरुवात हुन सक्ने संकेत देखिएको छ, तर वास्तविक समाधानका लागि अझै धेरै चरणका वार्ता आवश्यक पर्नेछ।हालसम्मको द्वन्द्वमा लेबननमा २ हजारभन्दा बढी मानिसको ज्यान गएको र करिब १२ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक गरिएको छ।
यो पनि पढ्नुहोस:आजदेखि देशभर आर्थिक गणना सुरु, ५ हजार जनशक्ति परिचालन, डिजिटल नेपालको योजना सार्वजनिक, ‘लाइन होइन अनलाइन’ सरकारको मुख्य लक्ष्य अमेरिकाको नाकाबन्दी चेतावनीपछि तनाव बढ्यो: खाडी बन्दरगाहमा आक्रमण गर्ने इरानको धम्की, एसइई कापी जाँच अपडेट कापी जाँच तीव्र रूपमा अघि बढाइएको छ, आज नयाँ वर्ष २०८३ हर्षोल्लासका साथ मनाइँदै, देशभर शुभकामना आदानप्रदान, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply