इन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी

५ वैशाख  काठमाडौं | राष्ट्रिय जेनजी नागरिक अभियानले इन्धनको मूल्य तत्काल नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी दिएको छ। शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानले सरकार र आयल निगमलाई २४ घण्टे अल्टिमेटम दिएको हो। अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे कडा आन्दोलन गर्ने बताए। उनले सरकारमाथि जनतालाई महँगीको भारले थिचेको आरोप लगाउँदै चेतावनी दिए कि माग सम्बोधन नभए आयल निगमको घेराउ गरिनेछ।

राष्ट्रिय जेनजी नागरिक अभियानले इन्धनको मूल्य नघटाए नेपाल आयल निगम घेराउ गर्ने चेतावनी दिएको छ

सह–संयोजक अजय सोडारीले छिमेकी देशहरूसँग तुलना गर्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य अस्वाभाविक रूपमा बढाइएको दाबी गरे। उनका अनुसार भारतमा पेट्रोलको मूल्य कम हुँदा नेपालमा अत्यधिक महँगो हुनु गम्भीर विषय हो।उनले सरकारले कर छुटको नाममा जनतामाथि थप आर्थिक भार थोपरिएको आरोप पनि लगाए। पेट्रोल र डिजेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको भन्दै उनले तत्काल मूल्य समायोजन गर्न माग गरे।

कार्यक्रममा अभियानका अन्य सदस्यहरूले पनि महँगी नियन्त्रण गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले पेट्रोलियम पदार्थको मूल्य स्थिर नराखे देशभर महँगी झन् बढ्ने चेतावनी दिएका छन्।अभियानले माग सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने संकेत समेत दिएको छ।

यो पनि पढ्नुहोस: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजाको तेलसहित एक अमेरिकी नागरिक पक्राउ, चीन युथ पायोनियर प्रोग्राम नेपाल सुरु: जेनजी युवालाई नेतृत्व तालिम र चीन भ्रमण अवसर,  ट्रम्प भेटअघि चीनको कूटनीतिक दौडधुप: इरानलाई मनाउँदै, अमेरिकासँग सन्तुलन खोज्दै बेइजिङ,  एमालेले आन्दोलनका कार्यक्रम संशोधन गर्‍यो, वैशाख ९ मा देशभर रचनात्मक कार्यक्रमनेप्सेमा सेयर मूल्य अब दैनिक १५% सम्म घटबढ हुनेकाठमाडौंमा १,०९७ गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार, प्रहरीको कडा निगरानी,  प्रधानमन्त्री बालेन विरुद्धको अवहेलना मुद्दा पेसीमा, सर्वोच्चमा सुनुवाइ हुँदै,   पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्