काठमाडौंमा १,०९७ गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार, प्रहरीको कडा निगरानी

वैशाख ४, काठमाडौं | जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी प्रोफाइल काठमाडौं अभियान अन्तर्गत १ हजार ९७ जना आपराधिक पृष्ठभूमिका व्यक्तिको विस्तृत प्रोफाइल तयार गरेको जनाएको छ। परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई का अनुसार पछिल्लो समय गुण्डागर्दी नियन्त्रणका लागि आक्रामक अभियान सञ्चालन गर्दै यस्तो प्रोफाइलिङ कार्य अघि बढाइएको हो। प्रहरीका अनुसार तयार पारिएको सूचीमा गुण्डागर्दीमा संलग्न व्यक्तिदेखि लागुऔषध, चोरी तथा अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूसमेत समेटिएका छन्। विगतमा विभिन्न आपराधिक घटनामा पक्राउ परेका, मुद्दा खेपेका तथा सामाजिक सञ्जालमार्फत आफ्नो समूह विस्तार गर्ने व्यक्तिहरूलाई समेत समावेश गरिएको छ।

१,०९७ गुण्डागर्दी पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार

प्रोफाइलमा सम्बन्धित व्यक्तिको फोटो, नाम, ठेगाना, पेशा, क्रिमिनल रेकर्ड सिस्टम (CRS) विवरण, नेटवर्क (कनेक्सन/नेक्सस), पारिवारिक पृष्ठभूमि, यात्रा इतिहास लगायतका महत्वपूर्ण विवरणहरू राखिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार यस्तो डाटाबेस तयार भएपछि ती व्यक्तिहरूको गतिविधि निरन्तर निगरानी गर्न सहज हुने र कुनै आपराधिक घटना भए तत्काल नियन्त्रणमा लिन सहयोग पुग्नेछ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा सञ्चालन गरेको ‘सेफ्टी काठमाडौं अभियान’ अन्तर्गत एकै दिन १९५ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये २४ जना गुण्डागर्दी पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ।तीमध्ये केहीलाई धरौटीमा रिहा गरिएको छ भने केही अझै प्रहरी हिरासतमा छन्। प्रहरीले आगामी दिनमा पनि गुण्डागर्दी नियन्त्रण र आपराधिक गतिविधि रोकथामका लागि अभियान अझ सशक्त बनाउने जनाएको छ। image is Ai generated.


यो पनि पढ्नुहोस: प्रधानमन्त्री बालेन विरुद्धको अवहेलना मुद्दा पेसीमा, सर्वोच्चमा सुनुवाइ हुँदै,  जनकपुर रिफाइनरीमा भीषण आगलागी, १५ करोडभन्दा बढी क्षति,  सुनसरीमा गैँडाको खागसहित ४ जना पक्राउ, सञ्जालमाथि अनुसन्धान जारी , आज वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने दिन देशभर श्रद्धासाथ मनाइँदै,   रूपन्देहीमा नक्कली नोट कारोबार: ४ जना पक्राउ, हजार दरका नोट बरामद , हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलको कडा चेतावनी, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


One response to “काठमाडौंमा १,०९७ गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार, प्रहरीको कडा निगरानी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्