४ वैशाख, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको सेयर मूल्य अब एकैदिन अधिकतम १५ प्रतिशतसम्म घट्न वा बढ्न सक्ने भएको छ। नेप्सेले आफ्नो कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै आगामी सोमबारदेखि यो नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो। यसअघि सेयर मूल्य दैनिक १० प्रतिशतसम्म मात्र घटबढ हुन पाउने सीमा थियो, जुन अब ५ प्रतिशत बिन्दुले बढाएर १५ प्रतिशत पुर्याइएको छ।
नेपाल स्टक एक्सचेन्जमा (नेप्सेमा) सेयर मूल्य अब दैनिक १५% सम्म घटबढ हुने
संशोधित “कारोबार सञ्चालन विनियमावली, २०८२ (चौथो संशोधन)” अनुसार, लगानीकर्ताले कारोबार समय अघि वा पछि टीएमएस प्रणालीमार्फत दिएका अर्डरहरू समय प्राथमिकताका आधारमा राखिनेछन् र कारोबार सुरु भएपछि क्रमशः प्रणालीमा प्रविष्ट हुनेछन्। नयाँ व्यवस्थाअनुसार, अर्डर प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १५ प्रतिशतभन्दा बढी वा कम मूल्य राख्न पाइने छैन। त्यसैगरी, प्रारम्भिक कारोबार सत्र (१०:३० देखि १०:४५ बजे) मा भने ५ प्रतिशतको सीमाभित्र रही अर्डर राख्नुपर्नेछ। नियमित कारोबार सत्रमा यो सीमा ३ प्रतिशत रहनेछ, जुन पहिले २ प्रतिशत थियो।
यसैगरी, सर्किट ब्रेक सम्बन्धी नियममा पनि परिवर्तन गरिएको छ। अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा पहिलो सर्किट ब्रेक लाग्नेछ र १५ मिनेटका लागि कारोबार रोकिनेछ। त्यसपछि पुनः खुलेको बजारमा परिसूचक ८ प्रतिशतले बढे वा घटेमा सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द गरिनेछ। यसअघि तीन चरणको सर्किट ब्रेक प्रणाली रहेकोमा अब दुई चरणमा सीमित गरिएको छ, जसले बजारलाई अझ गतिशील बनाउने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस:काठमाडौंमा १,०९७ गुण्डागर्दी र आपराधिक पृष्ठभूमिका व्यक्तिको प्रोफाइल तयार, प्रहरीको कडा निगरानी, प्रधानमन्त्री बालेन विरुद्धको अवहेलना मुद्दा पेसीमा, सर्वोच्चमा सुनुवाइ हुँदै, जनकपुर रिफाइनरीमा भीषण आगलागी, १५ करोडभन्दा बढी क्षति, सुनसरीमा गैँडाको खागसहित ४ जना पक्राउ, सञ्जालमाथि अनुसन्धान जारी , आज वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने दिन देशभर श्रद्धासाथ मनाइँदै, रूपन्देहीमा नक्कली नोट कारोबार: ४ जना पक्राउ, हजार दरका नोट बरामद , हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलको कडा चेतावनी, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply