सुन चोरीमा संलग्न पाकिस्तानी नागरिक पक्राउ, कपिलवस्तु प्रहरीको कारबाही

दुई पाकिस्तानी नागरिक पक्राउ

८ वैशाख , काठमाडौं। सुन चोरी पक्राउ घटनामा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेका छन्।प्रहरीले वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६ अमेरिकी डलर सहित विभिन्न विदेशी मुद्राहरू—साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम र मलेसियन रिंगेट—बरामद गरेको जनाएको छ। साथै दुई थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ।स्थानीय बासिन्दा तथा सुनचाँदी व्यवसायीहरूलाई अपरिचित व्यक्तिहरूले झुक्याएर सुन चोरी गर्ने गतिविधि बढेपछि प्रहरीले विशेष अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानका क्रममा यसअघि २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबाना पनि पक्राउ परेका थिए।

सुन चोरी पक्राउ प्रकरणमा कपिलवस्तु प्रहरीले पाकिस्तानी नागरिक पक्राउ गरेको छ। विभिन्न शहरमा सुन चोरीमा संलग्न भएको आरोपमा अनुसन्धान जारी।

उनीहरूबाट प्राप्त सूचनाका आधारमा थप अनुसन्धान अघि बढाउँदै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पुरुषलाई समेत पक्राउ गरेको हो।हाल पक्राउ परेकाहरूलाई कपिलवस्तु ल्याई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार यी व्यक्तिहरूमाथि सुनसरीको इटहरी, मोरङको विराटनगर, रुपन्देहीको बुटवल र चितवन लगायत विभिन्न स्थानमा सुनका गरगहना चोरी गरेको आरोपमा उजुरी दर्ता भएको छ।

यो पनि पढ्नुहोस: अन्डर लाइट्स टी-२०आई सिरिज: नेपाल आज यूएईसँग दोस्रो खेल खेल्दै, गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि विरोधाभासअमेरिकाद्वारा हर्मुज नजिकै इरानी पानीजहाज कब्जा, तनाव चुलियोसरकारी कर्मचारीलाई १५ दिनमै तलब दिने तयारी, ऐन संशोधन आवश्यककपिलवस्तुमा पेस्तोलसहित युवक पक्राउ, अनुसन्धान सुरुसडक विस्तारका कारण वीरगञ्जमा विद्युत् र इन्टरनेट सेवा अवरुद्धगोरखामा पहिलो पटक ठाडो भाका प्रतियोगिता हुँदै,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

One comment
сервис обратных ссылок

Если ищете сервис для приобретения надежных ссылок,
обрати внимание на Prossylki.

Не обычная биржа со спамными ссылками, а более аккуратный вариант для стабильного
SEO.

Использовал под Google — без санкций, ссылки индексируются,
позиции поднимаются стабильно.

сервис обратных ссылок https://rentry.co/41779-prossylki—not-for-everyone