१४ वैशाख, काठमाडौं । आज (सोमबार) नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ भने दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने तय गरिएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार आजको बैठकको मुख्य एजेन्डा नै संसदीय दलको नेता चयन हो। सहमतिबाट नेता चयन गर्ने प्रयास जारी रहे पनि हालसम्म नाम टुंगो लाग्न सकेको छैन।यसअघि दलको नेता चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको थियो। तर अन्तिम समयमा प्रक्रिया स्थगित गरिएको थियो। अब भने सभापति गगनकुमार थापा ले कार्यसम्पादन समिति बैठकमार्फत् नेताको नाम घोषणा गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। सभापति गगनकुमार थापा ले नाम घोषणा गर्ने सम्भावना रहेको छ भने सहमतिमा चयन गर्न प्रयास जारी छ।
सभापतिले घोषणा गरेको नामलाई संसदीय दलको बैठकबाट अनुमोदन गराउने योजना कांग्रेसको छ। कांग्रेस सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली ले प्रक्रिया आजै टुंग्याउने तयारी रहेको जानकारी दिएका छन्।महामन्त्री गुरूराज घिमिरे ले पनि सभापति थापाले वर्तमान राजनीतिक अवस्था र पार्टीको आवश्यकतालाई ध्यानमा राख्दै निर्णय गर्ने बताएका छन्।तर सभापतिमार्फत् प्रत्यक्ष नाम घोषणा गर्ने प्रक्रियाप्रति पार्टीभित्रै विरोध देखिएको छ। संस्थापनइतर समूहले यसलाई संसदीय दलको अधिकारमाथि हस्तक्षेप भएको भन्दै आपत्ति जनाएको छ।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले सामाजिक सञ्जालमार्फत् दलको नेता चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने बताएका छन्। उनले ढिलाइ र अन्योलले पार्टीको छवि कमजोर बनाएको भन्दै तत्काल समाधान गर्न आग्रह गरेका छन्।कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलो पटक सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ। आजको निर्णयले पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस: लागुऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ, छिटो मल आयातले टऱ्यो ठूलो संकट, अहिले के छ नेपालको अवस्था?, युएईविरूद्ध नेपाल ३७ रनले विजयी, विश्वकप लिग-२ मा शानदार सुरुवात, लागुऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ, रंगशालामा स्क्रिनिङपछि ५ स्थानमा राखिने सुकुम्बासी, सशस्त्र प्रहरी बलका ७ एसपी एसएसपी बढुवाका लागि सिफारिस, मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बासिन्दा | काठमाडौंमा आफैं बस्ती खाली गर्दै सुकुमवासी बस्ती, पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply