चैत ११, २०८२ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार नराख्नेमा सहमति जनाएको दाबी गरेका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीसँगको वार्तामा ट्रम्पले दुई देशबीच वार्ता जारी रहेको र इरानले सम्झौता चाहेको बताए।
‘हाम्रो मुख्य सर्त भनेको इरानले आणविक हतियार विकास नगर्ने हो, र यसमा सहमति भएको छ,’ ट्रम्पले भने। उनले अमेरिकाले युद्धमा जीत हासिल गरेको दाबी पनि गरे र इरानको नौसेना, वायुसेना तथा रडार प्रणालीले काम गर्न छोडेको उल्लेख गरे।
तर, अहिलेसम्म इरानले अमेरिकासँग प्रत्यक्ष वार्तामा भाग लिन अस्वीकार गरेको छ।
संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्यानोनले भने, अमेरिका र इरानबीचको वार्तामा इजरायल संलग्न नभएको स्पष्ट पारेका छन्।
ट्रम्पले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले वार्ताको नेतृत्व गरिरहेको बताए र छिट्टै सम्झौता हुने आशा व्यक्त गरे।

