२९ असार, विराटनगर । कोशी अस्पतालको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि अस्पताल प्रशासनले डोजर चलाएको छ। सोमबार बिहानदेखि विराटनगर–७ अस्पताल चोकस्थित अस्पताल परिसरमा रहेका व्यापारिक प्रयोजनका सटरहरू हटाउने अभियान सञ्चालन गरिएको हो। अस्पताल प्रशासनका अनुसार अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा दिएका २६ वटा सटर डोजर प्रयोग गरेर हटाइएको छ। ती सटरहरू अब प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्याइएको प्रशासनले जनाएको छ।
अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालय ले स्थायी संरचना निर्माण गरेका थिए। ती संस्थाले निर्माण गरेका सटरहरू विभिन्न व्यवसायीलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएका थिए। यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता ले कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा बनेका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए।
विराटनगरस्थित कोशी अस्पतालको सरकारी जग्गामा बनेका अनधिकृत संरचनामा डोजर चलाइएको छ। व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएका २६ वटा सटर हटाइएको अस्पताल प्रशासनले जनाएको छ।
सोही निर्देशनपछि अस्पताल प्रशासनले पहिलो चरणमा असार ५ गते १५ दिने सूचना जारी गरेको थियो। त्यसपछि असार २१ गते पुनः ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्दै संरचना खाली गर्न आग्रह गरिएको थियो। अस्पताल प्रशासनका अनुसार अन्तिम समयसीमाभित्र अधिकांश व्यवसायीले आफ्ना सामान हटाइसकेका थिए। संरचना हटाउने क्रममा सुरक्षा व्यवस्थाका लागि मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रशासनले सरकारी जग्गाको संरक्षण र अस्पतालको सेवा विस्तारका लागि अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
यो पनि पढ्नुहोस:बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्ज रिफर, इरानले होर्मुज जलमार्ग बन्द गरेको घोषणा, अमेरिकासँग तनाव थप चुलियो, जडीबुटी क्षेत्रमा यात्रु तानातान गर्ने आरोपमा ३२ जना पक्राउ, चीनको फुजियानमा जुत्ता कारखानामा भीषण आगलागी, कम्तीमा २८ जनाको मृत्यु, नक्कली भुटानी शरणार्थी प्रकरण: १५ जना दोषी, कसलाई कति सजाय हुन सक्छ?, शिक्षा नियमावली संशोधन: विद्यालय समितिमा दलका सदस्य निषेध, पीआरधारीलाई पेन्सन नपाइने, श्रीमती हत्या आरोपमा फरार रहेका युवक सात वर्षपछि पक्राउ, गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, , पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात


Leave a Reply