८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

दुई पाकिस्तानी नागरिक पक्राउ

९ साउन, जनकपुरधाम । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय , कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई ८ लाख २१ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका–१२ स्थित सरकारी क्वाटरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ सोफाबाटै बरामद भयो घुस रकम

अख्तियारका अनुसार डिभिजन प्रमुख ढकाल बसेको सोफाबाट सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ बरामद गरिएको छ। खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ समेत फेला परेको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

भुक्तानीका लागि घुस मागेको आरोप

अख्तियारका अनुसार विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृतमार्फत घुस मागेका थिए। आरोपअनुसार मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुखको निर्देशनमा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझी सरकारी क्वाटरमा पुर्‍याएका थिए।

अनुसन्धान जारी

घटनापछि अख्तियारले अनुपमा ढकाल र तुलाकान्त चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। आयोगले घटनासम्बन्धी थप प्रमाण संकलन र अनुसन्धान जारी रहेको जनाएको छ।


यो पनि पढ्नुहोसबंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामाआन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीविदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता रोक्न नमिल्ने सर्वोच्चको व्याख्या–काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदैकञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदानकपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु,  साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदरकन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमाकोशी अस्पतालको सरकारी जग्गामा डोजर,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *