१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास

१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास

९ साउन, बेइजिङ । विश्व गणितको सबैभन्दा प्रतिष्ठित पुरस्कार ‘फिल्ड्स मेडल’ पहिलो पटक दुई चिनियाँ गणितज्ञले जितेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार होङ वाङयु देङले अमेरिकाका जोन पार्डन र क्यानडाका ज्याकन सिमरम्यानसँगै यस वर्षको फिल्ड्स मेडल प्राप्त गरेका हुन्। उनीहरूले जनही १५ हजार क्यानडेली डलर (करिब ११ लाख ६० हजार नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गरेका छन्। एक शताब्दीभन्दा बढी समयदेखि गणितज्ञलाई चुनौती दिँदै आएका जटिल समस्याको समाधान गरेबापत उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो।

इतिहास रचिन् होङ वाङ

३५ वर्षीया होङ वाङ फिल्ड्स मेडल जित्ने इतिहासकी तेस्री महिला पनि बनेकी छन्। गणित क्षेत्रको ‘नोबेल पुरस्कार’ मानिने फिल्ड्स मेडल बिहीबार अमेरिकामा आयोजित समारोहमा प्रदान गरिएको थियो। कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र विकासका बीच मानव गणितीय अनुसन्धानको महत्व झन् उजागर भएको टिप्पणी गरिएको छ। यो उपलब्धिपछि चीनका सामाजिक सञ्जालहरूमा उत्साह छाएको छ। ‘Fields Medal’‘First Chinese Mathematicians to Win Fields Medal’ जस्ता ह्यासट्याग लाखौँ पटक हेरिएका छन्।

१०८ वर्ष पुरानो गणितीय समस्या समाधान

होङ वाङले आफ्ना सहकर्मी जोश जाहलसँग मिलेर जापानी गणितज्ञ सोइची काकेयाले सन् १९१७ मा उठाएको प्रसिद्ध गणितीय प्रश्नको समाधान प्रस्तुत गरेकी हुन्। प्रश्न थियो:

यदि एउटा पेन्सिललाई पूरै एक फन्को घुमाइयो भने त्यसले न्यूनतम कति क्षेत्रफल ओगट्छ?

वाङ र जाहलले यो समस्यालाई त्रिआयामिक (थ्री–डाइमेन्सनल) अन्तरिक्षको दृष्टिकोणबाट विश्लेषण गरेका थिए। उनीहरूको अनुसन्धान गत वर्ष प्रकाशित भएको थियो। वाङले एएफपीसँग भनिन्, “यो अनुमानले मानिसहरूलाई यति धेरै आकर्षित गर्नुको कारण, यस्तै प्रकारका घटनाहरू गणितमा मात्र होइन, अन्य धेरै वैज्ञानिक क्षेत्रमा पनि स्वाभाविक रूपमा देखिन्छन्।”

अर्को शताब्दी पुरानो समस्याको समाधान

३७ वर्षीय यु देङ, जो अमेरिकाको युनिभर्सिटी अफ शिकागोमा गणितका प्राध्यापक छन्, उनले जर्मन गणितज्ञ डेभिड हिल्बर्टले सन् १९०० मा उठाएको प्रसिद्ध **’हिल्बर्टको छैटौँ समस्या’**सँग सम्बन्धित चुनौती समाधान गरेबापत सम्मान पाएका हुन्।

उनको अनुसन्धानले ग्यासका सूक्ष्म कणहरूको व्यवहारमार्फत समग्र प्रणालीको गणितीय व्याख्या गर्ने क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ। देङले भने, “जुन महान् गणितज्ञहरूको म सधैँ प्रशंसक थिएँ, उनीहरूको सूचीमा आफ्नो नाम पनि समावेश हुन पाउनु मेरा लागि अत्यन्त ठूलो सम्मान हो।”

के हो फिल्ड्स मेडल?

फिल्ड्स मेडल हरेक चार वर्षमा ४० वर्षभन्दा कम उमेरका उत्कृष्ट गणितज्ञलाई प्रदान गरिन्छ। यसलाई विश्व गणित क्षेत्रको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान मानिन्छ।

चीनमा जन्म, विदेशमा उच्च शिक्षा

सन् १९९१ मा चीनको गुइलिनमा जन्मिएकी होङ वाङले पेकिङ विश्वविद्यालयबाट अध्ययन सुरु गरेपछि फ्रान्स र अमेरिकामा उच्च शिक्षा हासिल गरिन्। उनले एमआईटीबाट पीएचडी गरेकी हुन्।

हाल उनी न्युयोर्क विश्वविद्यालय र फ्रान्सको आईएचईएसमा स्थायी प्राध्यापकका रूपमा कार्यरत छिन्। उता यु देङले पनि पेकिङ विश्वविद्यालयबाट अध्ययन सुरु गरी एमआईटी हुँदै प्रिन्स्टन विश्वविद्यालयबाट पीएचडी पूरा गरेका थिए। हाल उनी युनिभर्सिटी अफ शिकागोमा अध्यापन गरिरहेका छन्। फिल्ड्स मेडल प्राप्त गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले होङ वाङलाई फोनमार्फत बधाई दिएका थिए।


यो पनि पढ्नुहोस:८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ,  बंगलादेशका राष्ट्रपति शाहावुद्दिनले दिए राजीनामाआन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीविदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता रोक्न नमिल्ने सर्वोच्चको व्याख्या–काठमाडौंको माकालबारीमा युवतीले युवतीले आगो लगाएर गरिन् आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदैकञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन, , धेरै सन्तान जन्माउने दम्पतीलाई प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म प्रदानकपनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु,  साउनमा ६ वाणिज्य बैंकले घटाए ब्याजदरकन्सल्टेन्सीमा सरकारको कडाइ, २५ लाख रुपैयाँ धरौटी व्यवसायी चरणबद्ध आन्दोलनमाकोशी अस्पतालको सरकारी जग्गामा डोजर,  गुल्मीमा बँदेलका लागि थापिएको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ, ,  पर्यटन प्रवर्धन र आगन्तुकहरुको लागि Tarevir.com को सुरुवात

Leave a Reply

Your email address will not be published. Required fields are marked *